काठमाडौं । पोखराको जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शुशील केसी एफडब्लु राइफाइसन अवार्डबाट सम्मानीत भएका छन् । सिइओ केसीलाई कास्की बचत तथा ऋण सहकारी संघले उक्त अवाड प्रदान गरेको हो । संघको शनिबार सम्पन्न भएको २५ औँ वार्षिक साधारण सभामा उत्कृष्ट व्यवस्थापक विधा अन्तर्गत एफडब्लु राइफाइसन अवार्डबाट केसी सम्मानित भएका हुन् ।
केसी २०६३ सालबाट जयमनकामना बचत तथा ऋण सहकारी संस्थाबाट कार्यालय व्यवस्थापक पदबाट सहकारी क्षेत्रमा प्रवेश गरेका केसी २०७२ सालमा तत्कालिन जयलक्ष्मी कृषि सहकारी संस्थाको स्थपनाकालिन सचिव तथा प्रबन्ध सञ्चालकको रुपमा रहेका थिए ।
विगत ५ वर्षदेखि जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था पोखरामा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । सिइओ केसी सहकारी अभियानमा विभिन्न समयमा उतारचढाब आएपनि अविचलित भई धैर्यता अपनाएर क्षणिक लाभमा नलागी निरन्तर सदस्यको सेवामा लाग्ने हो भने सफलता हात पर्ने बताउँछन् ।
सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्यामा पनि नियामक निकायको नीति र विधि अनुसार समुदाय केन्द्रीत भएर सञ्चालन भएका संस्थाहरुमा केही समस्या नदेखिएको र सदस्यलाई समस्या आउनुको कारण बुझाएर जाने हो भने देशको आर्थिक संकटमा पनि सहकारी संस्था थप अब्बल र सहयोगी हुने उनको विश्वास छ।
पोखरा ११ रानीपौवामा मुख्य कार्यालय रहेको जयलक्ष्मी सहकारी संस्थाको पोखरा १९ लामाचौर र माछापुच्छ्रे गाउँपालिका वडा नं २ भुजंखोला सहित २ ओटा सेवाकेन्द्र रहेका छन् । दुईहजार पाँचसय सदस्य रहेको संस्थामा ३८ करोडको कारोबार रहेको छ भने १५ जना कर्मचारी कार्यरत रहेका छन् ।
Leave a comment