हाइलाइट

सुयोग्य साकोसका डिजिटल कारोबारी सदस्य सम्मानित 

सुयोग्य साकोसका डिजिटल कारोबारी सदस्य सम्मानित  :: Sahakari Akhabar

काठमाडौं । सेतिओपी कोटेश्वरमा रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाद्धारा संस्थामा डिजिटल कारोबारी सदस्य सम्मानित भएका छन् ।  संस्थामा डिजिटल माध्यमद्धारा नियमित र अधिकतम कारोबार गर्ने दुई सदस्यहरुलाई संस्थाले एक हजारको रिचार्ज कार्डसहित प्रशंसापत्र र मायाको चिनोद्धारा प्रोत्साहित गरेको हो ।

संस्थाद्धारा आयोजित वित्त तथा डिजिटल साक्षरता कार्यक्रममा संस्थाका सदस्यद्धय अमृतमाया तामांग र श्याम खडकालाई उक्त प्रोत्साहन प्याकेज प्रदान गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत सुमन कार्कीले जनाएका छन् ।

संस्थाका अध्यक्ष टेकवहादुर लिम्वुको अध्यक्षता र संचालक देउप्रसाद लिम्वुको स्वागत मन्तव्यबाट शुरु भएकोे वित्त तथा डिजिटल साक्षरता कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत कार्कीले सुयोग्यको संक्षिप्त झलक प्रस्तुतीका साथै संस्थाका डिजिटल सेवाहरुको प्रयोगबारे जानकारी गराएका थिए । संस्थाका सूचना तथा प्रविधि सहायक साप्चुहांग तुम्वाहाम्फेले अप्ठ्यारो लागेपनि संचालनमा कठिनाई नहुने र सिक्न सकिने कुरामा विश्वास दिलाएका थिए ।

कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार चित्राकुमारी थाम्सुहांग सुव्वाले सहकारी शिक्षा तथा वित्तीय साक्षरता विषयमा प्रशिक्षण दिएकी थिइन । वित्तीय योजना, बचत, लगानीबारे व्यावहारिक प्रस्तुति दिर्दैं सुव्वाले वित्तीय सेवा प्रदायक संस्था छनौटमा समुदायमा आधारित सहकारी संस्था मात्र छनौटका लागि सचेत गराइन् ।

सहकारी संस्थाका समिति उपसमिति कर्मचारीहरुले मात्र नभई सदस्यले पनि सहकारीका नैतिक मूल्य अनुरुप आफ्नो जीवनशैली अपनाउनुपर्ने भन्दै सुयोग्यलाई अझ सुयोग्य बनाउन सदस्यहरु समेत सुयोग्य हुनुपर्ने कुरामा सदस्यहरुको ध्यानकेन्द्रित गराइन । संस्थाका संचालकहरु खुसमाया श्रेष्ठ, श्रीचन्द्र तण्डुकार र भगिमाया थाम्सुहांग समेतको सहभागिता रहेको उक्त कार्यक्रममा करिब १५० जना सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो ।
 



Leave a comment