हाइलाइट

बर्दीवास साकोसको संचालन इजाजतपत्र ८३२

बर्दीवास साकोसको संचालन इजाजतपत्र ८३२ :: Sahakari Akhabar

काठमाडौं । महोत्तरी जिल्लाको बर्दिवसमा रहेको बर्दिवास बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट संचालन इजाजतपत्र प्राप्त गरको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम उक्त संस्थाले ‘सहकारी संस्था सञ्चालन इजाजतपत्र’ प्राप्त गरेको हो ।

बचत तथा ऋणको मुख्य कारोबार गर्नकालागि संस्थाले इजाजतपत्र नं २०६७–००८३२ प्राप्त गरेको छ । महोत्तरी जिल्ला र बर्दिवास नगरपालिकाको सवै वडाहरु कार्यक्षेत्र रहेको संस्थाले पुष १७ गते पत्र प्राप्त गरेको हो । संस्थामा ३ हजार ३८३ जना जम्मा सदस्य र ५७५ जना ऋणी सदस्य रहेका छन् ।

संस्थाको पछिल्लो वित्तीय विवरण अनुसार शेयर पूँजी २ करोड ३७ लाख ९३ हजार ९ सय, जगेडा कोषमा १ करोड ४७ लाख १० हजार ५६२ रुपैंयाँ र ३ करोड ४४ लाख १२ हजार ५२७ रुपैंयाँ अन्य कोषमा रहेको जनाइएको छ । संस्थागत पुँजी १ करोड ४७ लाख १० हजार ५६२ रहेको संस्थाले बचत संकलन १८ करोड ५८ लाख ९८ हजार र १७ करोड ९५ लाख ४५ हजार ऋण लगानीमा रहेको जनाएको छ । संस्थामा २५ करोड ३५ लाख ४० हजार कूल पूँजी पुगेको छ।



Leave a comment