काठमाडौं । जिल्ला बचत तथा ऋण सहकारी संघ सुनसरीको १८ औं बार्षिक साधारण सभाले गोमाकुमारी गिरीको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । संघको पुष १६ गते भएको साधारणसभाले ९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको हो । अध्यक्ष गिरिले किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाबाट प्रतिनिधित्व गरेकी हुन ।
समितिको उपाध्यक्षमा मेरो बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि उद्धवबहादुर लिम्बु चयन भएका छन । त्यसैगरी सचिवमा उदगम बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि मिलन त्रिताल चयन भएका छन् भने कोषाध्यक्षमा मातृशिशु महिला बचत तथा ऋण सहकारीका प्रतिनिधि भिममाया लिम्बु चयन भएकी छन् ।
त्यसैगरी सञ्चालक समितिका सदस्यहरूमा सहयोगी बचत तथा ऋण सहकारी संस्थाबाट मदनकुमार चौधरी, प्रगति बचत तथा ऋण सहकारी संस्थाका दयानन्द चौधरी, लाटीदेवी बचत तथा ऋण सहकारी संस्थाबाट कृष्ण घिमिरे, तरहरा बचत तथा ऋण सहकारी संस्थाबाट विमला भुजेल र पिपलवोटे बचत तथा ऋण सहकारी संस्थाबाट बद्रीकुमार बुढाथोकी सर्वसम्मत चयन भएका छन।
यसैगरी, लेखा सुपरिवेक्षण समितिको संयोजक पदमा टेवा बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि ईश्वरीप्रसाद पराजुली तथा सदस्यमा शंकर बचत तथा ऋण सहकारी संस्थाबाट डमरु बल्लभ र संगिनी महिला बचत तथा ऋण सहकारी संस्थाबाट कलावती देवी दुलाल चयन भएका छन् ।
संघमा जिल्लाका २ सय ९१ वटा सहकारी संस्था सदस्य रहेका छन् भने संस्थामा सेयर पूँजि ५४ लाख ३८ हजार ५ सय, बचत निक्षेप ४ करोड ६१ लाख ६ हजार ९ सय ७३ रुपैया र ऋण लगानी ४ करोड ५४ लाख ५९ हजार ५८ रुपैया रहेको जनाइएको छ । संघको कुल सम्पत्ति ५ करोड ६८ लाख ७७ हजार ५ सय ५२ रुपैया रहेको कोषाध्यक्ष मिलन त्रितालले बताए ।
Leave a comment