काठमाडौं । पोखरा ४ गैह्रापाटनमा रहेको नवीन बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट संचालन इजाजतपत्र प्राप्त गरको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम उक्त संस्थाले ‘सहकारी संस्था सञ्चालन इजाजतपत्र’ प्राप्त गरेको हो ।
बचत तथा ऋणको मुख्य कारोबार गर्नकालागि संस्थाले इजाजतपत्र नं २०६४–०१५०२ प्राप्त गरेको छ । पोखरा महानगरपालिका कार्यक्षेत्र रहेको संस्थामा १ हजार ६५१ सदस्य आवद्ध रहेका छन् । संस्थाको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार शेयर पूँजी ४ करोड ८५ लाख ५७ हजार ५ सय, जगेडा कोषमा ९१ लाख, ७० हजार ५९७ रुपैंयाँ र ६२ लाख ४ हजार २५६ रुपैंयाँ अन्य कोषमा रहेको जनाइएको छ ।
संस्थागत पुँजी ९१ लाख ७४ हजार रहेको संस्थाले बचत संकलन १९ करोड ६० लाख २४ हजार र १२ करोड ३४ लाख ४३ ऋण लगानीमा रहेको जनाएको छ । २०९ जना ऋणी सदस्य रहेको संस्थामा २६ करोड ७३ लाख १३ हजार कूल पूँजी पुगेको छ।
Leave a comment