काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरिकृष्ण बल्लले सरकारले जारी गरेका पछिल्ला सहकारी ऐन, कानुन तथा निर्देशन सबै सहकारीलाई न्यायोचित हुने गरी जारी हुनुपर्नेमा जंगली न्यायको अवधारणाबाट प्रेरित भएको बताएका छन् । उनले सहकारी अभियानका मुद्दाहरुमा संघको धारणा राख्दै संघ संस्थालाई प्रतिकुल असर पर्ने ऐन कानुन तथा निर्देशनको संशोधनका लागि संघले कानुनी बहस र पैरवी गदै आएको समेत बताए ।
पौष १५ गते भक्तपुर जिल्ला बचत संघले आयोजना गरेको संचालक समिति, लेखा सुपरिवेक्षण समिति र उपसमितिबिच परिचयात्मक कार्यक्रमका उनले यस्तो बिचार राखेका हुन् । कार्यक्रममा संघका उपाध्यक्ष जगनाथ प्रजापतिले सहकारीमा बहुनियमन र बहुनिर्देशनले अन्यौलको वातावरण सिर्जना भएको भन्दै सहकारीमा ठगी गर्नेहरुलाई तत्काल कार्वाही गरी पिडितलाई न्याय दिनुपर्ने बताए ।
संघका लेखा सूपरिवेक्षण समितिका संयोजक दामोदर न्यौपानेले संघको हरेक क्रियाकलाप सदस्य सस्ंथा केन्द्रीत रहेकोले सदस्य संस्थाको बृद्धि विकासमा टेवा पुग्ने बताए । संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोंजुले संघको परिकल्पना, ध्येय, उद्देश्य र चुनौतीहरुको प्रस्तुतिकरण गरेका थिए ।
उनले चालु आवमा सदस्य संस्थाको, संस्थागत, नीतिगत, जनशक्ति लगायतको बृद्धि विकासका लागि साधारण सभाको स्विकृत बजेट तथा कार्यक्रमको बारेमा जानकारी गराउदै उपसमितिको जिम्मामा रहेका तालिम तथा कार्यक्रम समयमै सम्पन्न गर्नुपर्ने बताए । कार्यक्रममा संघको १२ वटा उपसमितिमा मनोनित सदस्यहरुलाई मनोयन पत्र तथा सपथ ग्रहण समेत गरिएको थियो । कार्यक्रममा समिति, उपसमिति र कर्मचारी गरी ५३ जनाको उपस्थिति रहेको थियो ।
Leave a comment