हाइलाइट

लामोसाँघु साकोसमा बचत खेल तालिम

लामोसाँघु साकोसमा बचत खेल तालिम :: Sahakari Akhabar

काठमाडौं । सिन्धुपाल्चोकको लामोसाँघुमा रहेको लामोसाँघु बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुसंग बचत खेल तालिम सम्पन्न गरेको छ । संस्थाले नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) को प्राविधिक सहयोगमा बचत खेल तालिम गरेको हो । पौष १३ र १४ गते दुईदिन युथ स्पोर्टस क्लवको भवनमा सञ्चालन भएको उक्त तालिममा २५ जना शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

उपस्थित शेयर सदस्यहरुलाई पाँच भागमा बिभाजन गरि समुहगत कार्यलाई वित्तीय खेलमार्फत प्रशिक्षण गराईएको थियो । संस्थाका अध्यक्ष पुर्णचन्द्र ढकालको संयोजनमा प्रारम्भ भएको उक्त खेल तालिमको नेफ्स्कूनका अधिकृत राजन सुवेदी र रबिन्द्र श्रेष्ठले प्रशिक्षण गरेका थिए ।



Leave a comment