हाइलाइट

कर्णाली साकोसको कूल सम्पत्ति ५ अर्व नजिक

कर्णाली साकोसको कूल सम्पत्ति ५ अर्व नजिक :: Sahakari Akhabar

काठमाडौं । बिर्तामोड ४ झापामा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको कूल सम्पत्ति ५ अर्व नजिक पुगेको छ । संस्थाको पछिल्लो वित्तिय विवरण अनुसार संस्थाको कूल सम्पत्ति ४ अर्व ९३ करोड १५ लाख ९७ हजार ६८२ रुपैंयाँ पुगेको हो ।

संस्थाले प्रकाशन गरेको मंसिर मसान्तको विवरण अनुसार संस्थाका ६२ हजार ७०१ जना जम्मा सदस्य मध्ये १५ हजार ३०४ जना ऋणी सदस्य रहेको जनाएको छ । त्यसैगरी संस्थाले यस अवधिसम्ममा ४ अर्ब ६ करोड ४३ लाख २२ हजार ऋण लगानीमा रहेको जनाएको छ ।

संस्थामा ५७ करोड ८३ लाख ६७ हजार शेयर पूँजी तथा १५ करोड ९० लाख ३१ हजार जगेडा कोष र १५ करोड ४८ लाख ९८ हजार अन्य कोषमा रहेको जनाइएको छ । संस्थामा ३ अर्ब ७० करोड ४८ लाख ७८ हजार रुपैंयाँ बचत र १८ करोड १० लाख २८ हजार संस्थागत पूँजी रहेको छ।

तीन जिल्ला (झापा, मोरङ्ग र ईलाम) कार्यक्षेत्र रहेको संस्थाका ४१ वटा सेवाकेन्द्र संचालनमा रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमार याक्सोले जनाएका छन् ।



Leave a comment