हाइलाइट

काभ्रेपलाञ्चोक जिल्ला बचतसंघमा उदयराम कायस्थको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

काभ्रेपलाञ्चोक जिल्ला बचतसंघमा उदयराम कायस्थको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन :: Sahakari Akhabar

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको २८ औं साधारण सभा सम्पन्न भएको छ । सभाले उदयराम कायस्थको अध्यक्षतामा नयाँ सञ्चालक समिति समेत चयन गरेको छ । कायस्थ यसअघि पनि संघको अध्यक्ष नै थिए ।

संघले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले गरेको व्यवस्था अनुसार ९ सदस्यि सञ्चालक समिति चयन गरको हो । संघको उपाध्यक्षमा निर्मला श्रेष्ठ, सचिवमा राजन अधिकारी र कोषाध्यक्षमा जीवन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

संघको महिला सञ्चालकमा चन्दा श्रेष्ठ र सञ्चालकहरुमा राजन सापकोटा, श्रीकृष्ण न्यौपाने, विनोद सापकोटा र जान्दवी अधिकारी चयन भएका छन् । त्यसैगरी संघको लेखा सुपरीवेक्षण समिति संयोजकमा शिवप्रसाद आचार्य र सदस्यहरुमा नवराज केसी तथा राजकुमार आचार्य चयन भएका हुन् ।  सर्वसम्मत रुपमा संघको सञ्चालक समिति चयन गरिएको संघले जनाएको छ ।  सञ्चालक समितिको कार्यकाल ४ बर्ष रहेको छ।



Leave a comment