हाइलाइट

सगुन साकोसलाई संचालन इजाजतपत्र प्राप्त

सगुन साकोसलाई संचालन इजाजतपत्र प्राप्त :: Sahakari Akhabar

काठमाडौं । सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट संचालन इजाजतपत्र प्राप्त गरको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम उक्त संस्थाले ‘सहकारी संस्था सञ्चालन इजाजतपत्र’ प्राप्त गरेको हो ।

बचत तथा ऋणको मुख्य कारोबार गर्नकालागि संस्थाले इजाजतपत्र नं २०५७ –००१२२ प्राप्त गरेको छ। प्राधिकरणले मंसिर १० गते सहकारी दर्ता पोर्टल सार्वजनिक गरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुका लागि सञ्चालन इजाजतपत्रका लागि आवेदन खुलागरेको थियो ।

सर्लाही जिल्लाभरी कार्य क्षेत्र रहेको संस्थामा १४ हजार सदस्य आवद्ध रहेका छन् । संस्थाले प्रकाशित गरेको मंसिर महिनासम्मको वित्तीय विवरण अनुसार शेयर पुँजी १५ करोड २६ लाख,जगेडा कोष १३ करोड ९२ लाख,संस्थागत पुँजी १४ करोड ६० लाख,बचत संकलन १ अर्ब ३८ करोड ९० लाख र ऋण लगानी १ अर्ब १९ करोड ३२ लाख रहेको छ। संस्थामा ३६ प्रतिशत माथि तरलता रहेको छ भने कुल सम्पत्ति १ अर्ब ८८ करोड ७५ लाख पुगेको छ ।
 



Leave a comment