हाइलाइट

चन्द्रागिरि साकोसको २४ औं वार्षिक साधारणसभा सम्पन्न

चन्द्रागिरि साकोसको २४ औं वार्षिक साधारणसभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । विभिन्न ४ वटा एकाई साधारण सभाहरु सम्पन्न गरी त्यहाँबाट चयन भएका प्रतिनिधिहरुले निर्णय प्रमाणित गर्ने सभाले समान कार्यसूचीका विभिन्न ११ वटा कार्यसूचीहरुलाई प्रमाणित गरेको छ ।

संस्थाका उपाध्यक्ष हरिहर सिग्देलको अध्यक्षतामा सम्पन्न उक्त निर्णय प्रमाणित सभामा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार परिषदका संयोजक तथा सदस्यहरु, विभिन्न उपसमितिका सदस्यहरु, ईकाई सभाबाट चुनिएका प्रतिनिधि सदस्यहरु र व्यवस्थापनका प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

संस्थाका सचिव शरद कुँवरले सञ्चालन गरेको साधारणसभा प्रमाणिकरण कार्यक्रममा वार्षिक प्रतिवेदनहरुको संक्षिप्त विवरण संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले प्रस्तुत गरेका थिए । संस्थाको आव २०८१ / ८१ को अन्त्यसम्ममा २२ हजार ४०४ सदस्य, रहेका छन् ।

त्यसैगरी शेयर पूँजी २२ करोड ७५ लाख, बचत संकलन २ अर्ब १ करोड ९७ लाख तथा ऋण लगानी २ अर्ब २३ करोड ८४ लाख रहेको छ । त्यस अविधमा संस्थाले कर अघिको नाफा ४ करोड आर्जन गरेको जनाइएको छ।

संस्थाका सञ्चालक समितिका सदस्य इन्द्रबहादुर महर्जनले स्वागत गरेको उक्त कार्यक्रममा सल्लाहकार परिषदका पूवं संयोजक प्राडा रामशरण पाठक, सञ्चालक रुपा थापामगर र सदस्य नरेश बास्कोटाले उपाध्ययले प्रस्तुत प्रतिवेदनहरुमा आफ्ना धारणा राखेका थिए । कोषाध्यक्ष मीना कुमारी खरालले धन्यवाद ब्यक्त गरेकी थिइन् ।

संस्थाका उपाध्यक्ष हरिहर सिग्देलले संस्थाको अवस्था प्रतिवेदनमा सविस्तार प्रस्तुत गरिएको बताउँदै यस संस्थाका परिकल्पनाकारहरु र नेतृत्वकर्ताहरु विस्तारै भूमिकाबाट बाहिर रहँदै गएपनि संस्थाले गरेको परिकल्पना भविष्यका नेतृत्व गर्ने व्यक्तिहरुले मर्न दिन नहुने विचार व्यक्त गरेका थिए ।



Leave a comment