हाइलाइट

सज्जन महिला साकोसमा नयाँ संचालक समिति चयन

सज्जन महिला साकोसमा नयाँ संचालक समिति चयन :: Sahakari Akhabar

काठमाडौं । सज्जन महिला बचत तथा ऋण सहकारी संस्थाको १६ औ बार्षिक साधारण सभाले नयाँ संचालक समिति चयन गरेको छ । शनिबार सम्पन्न सभाले कमला ढुङाना (गिरि) को अध्यक्षतामा नयाँ संचालक समिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा कमला खनाल (बोगटी), सचीवमा गंगा लामा र कोषाध्यक्षमा खुमा पाण्डे चयन भएका छन् । त्यसैगरी समितिको संचालकमा इन्द्रा जमकटेल, सन्जु चौधरी, चन्द्रमा अधिकारी, बबि अधिकारी र यमुना बस्नेत चयन भएका छन् ।

त्यसैगरी सभाले लेखा सुपरिवेक्षण समितीको संयोजकमा गिता देवि खतिवडा तथा सदस्यमा पूजा मल्ल ठकुरी र पबित्रा सिम्खडा (जमकटेल) चयन भएका छन् ।

संस्थाकी अध्यक्ष सिमा पुरीको अध्यक्षतामा अथिति रहित सदस्यहरुको सहभगितामा सभा सम्पन्न भएको थियो । सभामा जेष्ठ सदस्य चन्द्र माया मानन्धर, बाल बचत सानवी शाही, नियमित बचत लक्ष्मी खत्री, उद्यमी सदस्य सलिना लामा, असल ऋणी सदस्य बिवेक ढुंगानालाई सम्मान गरिएको थियो ।

त्यसैगरी सभाले उत्कृष्ट वर्ष कर्मचारीका रुपमा सुमित्रा पाण्डेयलाई सम्मान गरेको छ । साथै संस्थाले सल्लाहरुलाई समेत सम्मान गरेको छ। सभामा संस्थाको आर्थिक वर्ष ०८१ ०८२ को बार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

प्रतिवेदन अनुसार संस्थाको शेयर पुँजी १ करोड ५९ लाख ६१ हजार ४ सय रुपैंयाँ, निक्षेप ११ करोड ४५ लाख ४३ हजार ४२८ रुपैंयाँ र ऋण लगानी ९ करोड ५५ लाख ८३ हजार ८२५ रुपैंयाँ रहेको जनाइएको छ । त्यसैगरी संस्थाको जगेडा कोषमा १ करोड १९ लाख २५ हजार ८७९ रुपैंयाँ तथा १ हजार ६८९ जना सदस्य रहेको जनाइएको छ ।



Leave a comment