काठमाडौं । न्युरोडमा मुख्य कार्यालय रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले १६ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभामा उत्कृष्ट कारोबार गर्ने १५ जना सदस्यहरुलाई सम्मान गरिएको थियो । त्यस्तै आर्थिक वर्ष २०८१ / ८२ मा सर्वोत्कृष्ट कर्मचारी सम्मानबाट सञ्चालन अधिकृत हरिकृष्ण सम्मानित भएका छन् ।
विभिन्न विधामा ११ जना कर्मचारीलाई समेत सम्मान गरिएको थियो भने ५, १० र १५ वर्ष अवधि सेवा प्रवेसगरेका ८ कर्मचारीलाई समेत सम्मान गरिएको थियो । सभाको उद्घाटन संस्थापक अध्यक्ष एवं सल्लाहकार रामप्रसाद आचार्य र अध्यक्ष हेमबहादुर कार्कीले संयुक्त रुपमा गरेका थिए ।
सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, प्रस्तावित बजेट तथा कार्यक्रम, लाभांश तथा संरक्षित पुँजी फिर्ताकोष वितरण, आन्तरिक नीति तथा कार्यविधि लगायत १० वटा एजेण्डा छलफल गरी पारित गरेको छ ।
सभामा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कार्कीले ‘सामाजिक विकास र आर्थिक सम्वृद्धिको लागि जेष्ट आइडियोलोजी सहकारी’ भन्ने मुल नारालाई आत्मसात गर्दै सदस्यको बचतलाई सुरक्षित रुपमा परिचालन गर्दै आएको बताए ।
उनले सदस्यहरुको आवश्यकता अनुसार ऋण परिचालन गरी आर्थिक तथा सामाजिक रुपमा सकरात्मक परिवर्तन ल्याउन संस्था लागिपरेको जानकारी दिए । सहकारी क्षेत्रमा आएको विभिन्न उतरचढावको बावजुद पनि संस्थाको वित्तीय संरचनालाई मजबुद बनाउँदै अगाडि बढिरेको बताए ।
संस्थाले बचत ऋणका साथै सेवालाई थप प्रभावकारी बनाउन प्रविधि मैत्री सेवा, विप्रेषण सेवा र सदस्य हित मैत्री सेवा प्रदान गर्दै आएको अध्यक्ष कार्कीले सभामा उल्लेख गरे । संस्थाले सहकारी मूल्य, मान्यता र सिद्धान्तमा सञ्चालित भई सदस्यहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न लागिपरेको बताए ।
सहकारी र सदस्यको सम्बन्ध बलियो बनाउन, संस्थाको आर्थिक तथा वर्तमान वित्तीय अवस्थाको बारेमा जानकारी दिन र सदस्यहरुलाई सहकारीको बारेमा जानकारी दिने उद्देश्यले मुख्य कार्यालय सहित सेवा केन्द्रहरु मार्फत सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए ।
‘सन्तुष्ट तथा हितकारी सदस्य बिना सक्षम संस्था निर्माण सम्भव हुँदैन’ भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै सोही अनुरुप सदस्यलाई केन्द्रविन्दुमा राखि सदस्यको सल्लाह, सुझाव ,सदस्य सन्तुष्टि सर्वेक्षण फारम भराई साथै अनलाइन प्रविधिको प्रयोग गरि समेत ग्रहण साथै मनन गरी त्यस अनुरुप कार्य गर्दै आएको अध्यक्ष कार्कीले बताए ।
आव २०८१् / ०८२ मा संस्थाले लिखित रुपमा सदस्य सन्तुष्टि सर्वेक्षण फारम ९५६ जनाबाट र अनलाइन प्रविधिको प्रयोग गरि ४०७ जनाबाट सुझाव संकलन गरी त्यस उपर अध्ययन, सम्बन्धित आवश्यक छलफल तथा कार्य गरेको उनको भनाई छ ।
२०६६ साल पौष २५ गते तत्कालिन डिभिजन सहकारी कार्यालयमा दर्ता भएको संस्थामा हाल ६ हजार ६ सय १२ जना सदस्य आवद्ध छन । संस्थाको प्राथमिक पुँजी कोषको आकार २८ करोड ७१ लाख ९ हजार ५ सय रुपैयाँ पुगेको अध्यक्ष कार्कीले बताए ।
२०८२ असार मसान्तसम्म संस्थाको सेयर पुँजी ९ करोड ५८ लाख, जगेडा कोषमा १८ करोड ८१ लाख रहेको छ । त्यस्तै निक्षेप १ अर्ब ५० करोड, बाह्य ऋण २१ करोड ९३ लाख, कर्जा १ अर्ब ८१ करोड ३१ लाख, स्थिर सम्पत्ति ५ करोड २४ लाख रहेको छ ।
संस्थाको कुल सम्पत्ति २ अर्ब १८ करोड ५० लाख रुपैयाँ पुगेको छ। संस्थाले यस वर्ष १ करोड ६८ लाख ९कर अघि० नाफा गरेको छ। संस्थाले आर्थिक वर्ष २०८१ / ८२ मा सरकारलाई १ करोड ४१ लाख ६३ हजार ८२७ रुपैयाँ राजश्व वापत योगदान गरेको छ । त्यस्तै लेखा समितिका संयोजक मोहन बहादुर बुढाथोकीले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सभामा पेश गरेका थिए ।
साधारण सभाको अवसरमा सदस्यहरूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शन तथा बिक्री पनि गरिएको थियो । संस्थाका सचिव बाबुराम आचार्यले सञ्चालन गरेको कार्यक्रममा संस्थाकी नायब प्रमुख कार्यकारी अधिकृत आरती श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया