काठमाडौं । सिन्धुलिको लालिगुराँस उपभोक्ता सहकारी संस्थाले कला घर सिन्धुलीलाई १ लाख ११ हजार ११ रुपैंयाँ सहयोग गरेको छ । संस्थाले १७ औं वार्षिक साधारणसभा तथा स्थापना दिवसको अवसरमा उक्त रकम सहयोग गरेको हो ।
संस्थाले कला घरले कला क्षेत्रको जगेर्ना तथा प्रवर्धनमा पुर्याएको योगदानको कदर गर्दै उक्त सहयोग गरेको जनाएको छ । अभिनन्दन कार्यक्रममा कला घर सिन्धुलीका अध्यक्ष सुमन थापा मगर सहित संपुर्ण कलाघर टिम उपस्थित भएका थिए ।
लालिगुराँस उपभोक्ता सहकारीको १७ औं वार्षिक साधारणसभा तथा छैटौ अधिवेशन र स्थापना दिवस संस्थाका अध्यक्ष नवराज कोइरालाको अध्यक्षता तथा जेष्ठ सदस्य शंभुप्रसाद गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । जेष्ठ सदस्यहरुकै विशेष आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा कमलामाई नगरपालिका सहकारी शाखा प्रमुख मुकेश तमाङ, जिल्ला सहकारी संघका महासचिव अशोक श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । जेष्ठ सदस्य रामबहादुर हायु, रत्नकुमारी कोइराला, केशवप्रसाद बराल, गोविन्दबहादुर वस्नेतलाई सम्मान गरिएको थियो । कार्यक्रमका अवसरमा असल बचतकर्ता विमा माझी, असल ऋणी जुनु मगर, वर्षको उत्कृष्ठ कर्मचारी व्यवस्थापक संजिता चौधरीलाई सम्मान गरिएको थियो ।
५७० सदस्यहरुको माझ पुर्ण वित्तिय कारोवार गरि रहेको संस्थाले आ.व. २०८१ / ८२ मा ४ करोड ९६ लाख ८५ हजार वित्तिय विवरण तयार गदैै ८ लाख ३० हजार ५८६ रुपैंयाँ संचित मुनाफा आर्जन गर्न सफल भएको कोषाध्यक्ष धन वहादुर कार्कीले सभामा पेस गरेका थिए । संस्थाले आव २०८१ / ८२ मा शेयर लाभांस कोषवाट खर्च लेखि १० प्रतिशतका दरले लाभांस र कारोवारको आधारमा संरक्षित पुजि फिर्ता गर्ने समेत निर्णय गरेको छ ।
१७ औं साधारण सभा तथा स्थापना दिवसको अवसरमा १७ जना रक्तदाताहरुले रक्तदान तथा शिद्धवावा मन्दिर परिसरमा सरसफाई कार्यक्रम समेत संस्थाले सम्पन्न गरेको थियो । संस्थाको छैटौ अधिवेशनले पुन नवराज कोइरालाको अध्यक्षतामा ९ सदसिय संचालक समिती तथा ३ सदसिय लेखा समिति चयन गरेको छ ।
उपाध्यक्षमा वासुप्रसाद भेटवाल, सचिवमा सोनीकुमारी झा, कोषाध्यक्षमा धनबहादुर कार्की चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सागरमणि पोखरेल, देवकुमारी देवकोटा, सिता कार्की, राधा श्रेष्ठ तथा निवर्तमान अध्यक्ष किरण श्रेष्ठ र लेखा सुपरिवेक्षण समितिमा पुष्षराज श्रेष्ठ संयोजक, सिताराम कोइराला तथा ऋषिराज ढकाल सदस्यमा सर्व सम्मत चयन भएका छन् ।
Leave a comment