हाइलाइट

वित्तिय कारोबारको इजाजतपत्र पाउने पहिलो सहकारी बन्यो पोखरा रोयल साकोस

वित्तिय कारोबारको इजाजतपत्र पाउने पहिलो सहकारी बन्यो पोखरा रोयल साकोस :: Sahakari Akhabar

काठमाडौं । पोखराको बुद्धचोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था वित्तिय कारोबारको इजाजतपत्र पाउने पहिलो संस्था भएको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुले वित्तिय कारोबार गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट इजाजतपत्र लिनुपर्ने ब्यवस्था भएपछि पोखरा रोयल साकोस इजाजत पत्र लिनेमा पहिलो भएको छ ।

संस्थाले प्राप्त गरेको प्रमाण पत्रमा दोश्रो भएता पनि इजाजतपत्र नं ००००१ परिक्षणको क्रममा इन्ट्रि भएको र प्राविधिक रुपले त्यसलाई हटाउन नमिल्ने भएकोले पोखरा रोयल साकोसले इजाजतपत्र नं ००००२ प्राप्त गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले यही मंसिर १० गतेबाट बचत ऋणको मुख्य कारोबार गर्ने सवै सहकारीकालागि अनलाइन अभिलेखिकरण कार्य सुरु गरेको थियो ।

प्राधिकरणले बुधबारबाट इजाजतपत्र जारी गर्न सुरु गरेको जनाएको छ । ‘सहकारी दर्ता पोर्टल’मा हालसम्म ११ सय ६० सहकारी इन्ट्रि भएता पनि ११३ वटा सहकारीले सम्पूर्ण प्रक्रिया पुरा गरेको र ती संस्थाहरुको क्रमश इजाजतपत्र अनलाइन सिस्टमबाटै जारी हुने जनाइएको छ ।

हालसम्म कोशी प्रदेशबाट १५, मधेश प्रदेशबाट १०, बागमती प्रदेशबाट ५०, गण्डकी प्रदेशबाट १७, लुम्बिनी प्रदेशबाट १७, कर्णाली प्रदेशबाट ३ र सुदूरपश्चिम प्रदेशबाट २ वटा सहकारीले दर्ता प्रक्रिया पुरा गरेको सहकारी नियमन प्राधिकरणका अध्यक्ष खगराज शर्माले जानकारी दिए ।



Leave a comment