काठमाडौं । सूर्यविनायक–५ सल्लाघारीमा रहेको पारिजात बचत तथा ऋण सहकारी संस्था र धादिङमा रहेको नवोदित ग्रामीण बचत तथा ऋण सहकारी संस्था बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नवोदित ग्रामीण बचतका पदाधिकारी तथा सदस्यहरूद्वारा पारिजात साकोसको संस्थागत अवलोकन गर्ने कार्यक्रम अन्तर्गत स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता पारिजात साकोसका अध्यक्ष टंकराज काफ्लेले गरेका थिएभने शिक्षा उपसमिति सदस्य गुरुप्रसाद दहालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा नवोदित ग्रामीण साकोसको संक्षिप्त परिचय राख्दै प्राडा रामशरण पाठकले सहकारीको उद्देश्य, यात्रा तथा वर्तमान अवस्थाबारे विस्तृत जानकारी गराएका थिए भने सहकारीको उद्देश्य तथा अवधारणा विषयमा संस्थाका सल्लाहकार बेदप्रसाद सापकोटाले कार्यपत्र प्रस्तुत गरेका थिए ।
पारिजात साकोसको विषयमा पारिजात साकोसका निवर्तमान अध्यक्ष ध्रुवबहादुर रायमाझीले प्रस्तुति राख्दै सहकारीले समुदायमा पुर्याएको योगदान, सेवा विस्तार तथा आगामी योजनाबारे जानकारी गराए । पारिजात साकोसका अध्यक्ष काफ्लेले संस्था भ्रमणमा आएका नवोदित ग्रामीण बचत तथा ऋण सहकारी संस्थाका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।
Leave a comment