काठमाडौं । गैंडाकोट नगरपालिका वडा ८ मा मुख्य कार्यालय रहेको किसान वचत तथा ऋण सहकारी संस्थाले मध्यविन्दु नगरपालिका वडा ४ लाई पूर्ण किसान सदस्य वडा घोषणा गरेकोे छ।
संस्थाले मंसिर २०गते शनिबार गते मध्यविन्दु नगरपालिका ४ मा किसान साकोस पञ्चवटी सेवाकेन्द्रमा एक कार्यक्रम गरि पूर्ण किसान साकोस सदस्य वडा घोषणा गरेको हो ।
मध्यविन्दु नगरपालिका वडा न ४ अन्तर्गत कुल ८४० घरधुरी मध्ये ८०३ घरधुरी (कुल घरपरिवारको ९५.५९ प्रतिशत) किसान साकोसमा आवद्ध भएकोले पूर्ण वडा घोषण गरिएको जनाइएकोछ ।
संस्थाका अध्यक्ष भोजराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मध्यविन्दु नगरपालिकाका उपप्रमुख पूर्णकला चौधरीले पूर्ण वडा सदस्य घोषणाको अभिलेख किसान साकोसका अध्क्षयलाइ हस्तान्त्रण गरेका थिए ।
पूर्ण वडा सदस्य अभिलेख प्रमाणीकरण गरी हस्तान्तरण गर्दै प्रमुख अतिथि चौधरीले सदस्यहरुलाई घर नजिकैबाट वित्तिय सेवा एवं महिलाहरुमा वित्तिय पहुँचमा किसानले गरेको कार्यक्रमको प्रशंसा गरिन ।
उनले नगरपालिकाले थप सहकार्य गर्न सकिने भन्दै बर्तमान परिवेसमा हल्लाको पछाडी नलागी आफ्नो सहकारीको बारेमा जानकारी राख्नु र राम्रो सदस्य सेवामा केन्द्रित सहकारीको चयन गरी लाभान्वित हुन सदस्यहरुलाई सुझाव समेत दिइन ।
त्यसैगरी वडा ४ का अध्यक्ष डिल्लीराम थारूले शुभकामना मन्तव्य राख्दै किसान साकोस नेपालकै एक उत्कृष्ट साकोस रहेको र किसान साकोसले आफ्नो वडाबाट सेवा प्रदान गरेकोमा धन्यबाद दिएका थिए ।
घरदैलोमै वित्तिय पहुँच पुर्याएको किसान साकोसले स्वास्थ्य शिविर, वित्तिय साक्षरता लगाएतका कार्यक्रमहरु गरि सदस्य सबलिकरणमा काम गरेको र थप प्रगतिको शुभकामना दिएकी थिइन ।
कार्डियोलोजी एण्ड डायबिटिज सेन्टर भरतपुरका अध्यक्ष विजय न्यौपानेले किसान साकोससँगको सहकार्यमा समुदायस्तरमा स्तरीय स्वास्थ्य सेवा विस्तारको लागि शिविरमा योगदान गर्न पाएकोमा खुशी व्यक्त गरे ।
नेफस्कून सञ्चालक सदस्य गोपालप्रसाद गौतम, जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष्य तिलकप्रसाद पराजुली र मध्यविन्दु नगरपालिका वडा ६ का वडाअध्यक्ष लाभप्रसाद पाठकको आतिथ्यता रहेको थियो ।
संस्थाका सचिव सरस्वती कंडेलले सञ्चालन गरको कार्यक्रममा संस्थाका कोषाध्यक्ष राजेन्द्र गौतम, संचालक समिति सदस्य देवी घिमिरे, संचालक समिति सदस्य बालु पुरी साथै विभिन्न सेवाकेन्द्र संयोजक, संचालक समिति एवं पदाधिकारी र कर्मचारी सहितको उपस्थिती रहेको थियो ।
कार्यक्रममा वडा भित्रका टोल विकास सस्थाहरुलाई डस्बीन हस्तान्त्रण गरीएको थियो भने कार्डियोलोजी एण्ड डायवेटिक सेन्टर चोविसकोठी भरतपुरको ११ जनाको उच्चस्तरीय स्वास्थ्यकर्मीको टोली र मध्यविन्दु नगरपालिका स्वास्थ्य शाखा अन्तर्गतका प्राविधिक जनशक्ति सहित स्वास्थ्य परीक्षण गरिएको थियो ।
कार्यक्रमबाट पञ्चवटी सेवा केन्द्र अन्तर्गतका ११७ जना सदस्यहरुको स्पेशलिश्ट डाक्टरहरुद्वारा कार्डियोलोजी, डायवेटिक, रक्त परिक्षण, ईसिजि निःशुल्क परिक्षण एवं औषधी वितरण समेत गरीएको थियो ।
Leave a comment