काठमााडौ । वीरेन्द्रनगर–४ कालागाँउ सुर्खेतमा रहेको जनहितकारी बचत तथा ऋण सहकारी संस्थाको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष नवराज कंडेलको अध्यक्षतामा सम्पन्न सभामा राष्ट्रिय सहकारी महासंघका संचालक हरिहरनाथ योगीको प्रमुख आतिथ्यताा रहेको थियो ।
सभामा जिल्ला सहकारी संघका अध्यक्ष प्रकाश तिमिल्सेना तथा जिल्ला बचत संघका अध्यक्ष भक्तिप्रसाद सापकोटाको आतिथ्ता रहेको थियो ।
प्रमुख अतिथि योगीले सहकारीमार्फत नजिकैबाट वित्तीय सेवा प्रवाह गरेर घर–घरमा रोजगारी सिर्जना गर्नु आजको आवश्यकता भएको बताए ।
बचत गर्ने बानी विकास हुँदै गएको र सहकारीले आर्थिक मात्र नभइ, सामाजिक सशक्तिकरणको माध्यमको रूपमा समेत काम गरिरहेको बताए ।
सहकारीले विशेषगरी महिला, दलित, जनजाति लगायत पछाडिपरेका वर्गलाई सहकारीले मुख्यधारमा ल्याउने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।
संस्थाका अध्यक्ष नवराज कंडेलले आव २०८१ / ८२ को वार्षिक प्रगति प्रतिवेदन तथा आव २०८२ / ८३ का लागि प्रस्तावित कार्यक्रम प्रस्तुत गर्दै सहकारीले प्रविधिमैत्री सेवा विस्तार, सदस्य सेवा सुधार, सामाजिक उत्तरदायित्व र सहयोगमूलक कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए ।
संस्था उद्देश्य र पारदर्शी व्यवस्थापनका कारण ११ हजार सदस्य सम्म विस्तार हुन सफल भएको र कहिल्यै पनि कुनै गम्भीर दुर्घटना व्यहोर्न नपरेको बताए ।
संंस्थाका सचिव यामराज गिरीले सञ्चालन गरेको उक्त कार्यक्रममा कोषाध्यक्ष सञ्जय योगीले आव २०८१ / ८२ को वित्तीय प्रतिवेदन तथा आव २०८२ / ८३ का लागि वार्षिक बजेट प्रस्तुत गरेका थिए ।
Leave a comment