हाइलाइट

आर्थिक विकास मित्र साकोसद्धारा विद्यार्थीका लागि वित्तिय साक्षरता कार्यक्रम

आर्थिक विकास मित्र साकोसद्धारा विद्यार्थीका लागि वित्तिय साक्षरता कार्यक्रम :: Sahakari Akhabar

काठमाडौं । काभ्रेको पाँचखालमा मुख्य कार्यालय रहेको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाले विद्यार्थीहरु बिच वित्तीय साक्षरता कार्यक्रम गरेको छ । संस्थाले पाँचखाल ११ स्थित श्री भगवती उच्च माद्यामिक बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुसंग वित्तीय  साक्षरता कार्यक्रम गरेको हो ।

संस्थाले कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई बचत, बजेट निर्माण, खर्च ब्यबस्थापन, बित्तीय सेवा प्रदायक छनौट, डिजिटल सुरक्षा लगायतका बिषयमा शिक्षा शिविर संचालन गरिएको संस्थाले जनाएको छ । विद्यालयका सहायक प्रअ रामप्रसाद पन्तको अध्यक्षता संचालित कार्यक्रम सस्थाका बचत इन्चार्ज सबिता नेपालले संचालन गरेकी थिइन् । वित्तिय साक्षरता विषयमा संस्थाका आर्थिक प्रशासन विभाग प्रमुख मनुप सापकोटाले प्रस्तुतीकरण गरेका थिए ।

संस्थाले समुदाय र सदस्यहरुमा वित्तीय साक्षरताको माध्यमबाट सहकारी र बचतको महत्व बुझाउँदै आएको छ । सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा क्रियशिल यस संस्थाले सदस्यहरुको मन जित्न सफल भएको छ । सहकारी भनेकै सदस्यका लागि भन्ने भावनाबाट अघि बढेको संस्थाले ११ हजार ५ सय सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

संस्थाले हालसम्म १ अर्ब २० करोड ४२ लाख कुल सम्पत्ति पुर्याएको जनाइएको छ । संस्थाको शेयर पुँजी १० करोड  २२ लाख र जगेडा कोेष ९ करोड २ लाख रहेको छ । संस्था सहकारी मूल्य, मान्यता र सिद्धान्तका आधारमा सञ्चालित भई काभ्रे जिल्लाकै अग्रणी संस्थाको रुपमा स्थापित रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत ठाकुरनाथ अधिकारीले जनाएका छन् ।



Leave a comment