काठमाडौं । बनेपाको बुढोलमा रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको २६ वार्षिक साधारण सभा सम्पन्न भएको छ। मंसिर ८ गते संस्थाको एकाइ बैठकबाट भएका निर्णयहरुलाई एकाइ प्रतिनिधिहरुको निर्णय प्रमाणित सभा सम्पन्न भएको हो ।
संस्थाले सहकारी संस्थाको साधारण सभा (कार्यव्यवस्था) निर्देशिका, २०७६ बमोजिम एकै साथ एकै समय तालिकामा साधारण सभाको चारवटा एकाइ बैठकको आयोजना गरी समान कार्यसूचीहरुउपर छलफल गरी मंसिर ६ गते एकाइ बैठकहरु सम्पन्न गरेको थियो। साधारण सभाको एकाई बैठकहरुमा कुल सदस्य संख्याको ५६.२१ प्रतिशत सदस्यहरुको उपस्थिति रहेको जनाइएको छ।
सभाले आर्थिक वर्ष ०८१ / ०८२ को मूनाफाबाट सदस्यहरुलाई ८ प्रतिशतका दरले लाभांस र संरक्षित पूँजी फिर्ता कोषमार्फत सदस्यहरुले बचतमा गरेको योगदानको लागि २.८ प्रतिशत र ऋणमा गरेको योगदानको लागि २.५ प्रतिशतका दरले अतिरिक्त लाभ वितरण गर्ने निर्णय गरेको छ ।
साधारण सभाले संस्थाको आफ्नै भवन निर्माण गर्न र सदस्यहरुको शेयर रकम समान रुपमा दश हजार कायम गर्न सञ्चालक समितिलाई जिम्मेवारी दिएको छ ।
सभामा पेश गरिएको अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०८१ / ०८२ मा ४ करोड १७ लाख ८४ हजार ६७२ रुपैयाँ सञ्चालन मूनाफा गरेको जनाइएको छ ।
सोही अवधिमा संस्थाको कुल सम्पत्ति २ अर्ब १२ करोड ७७ लाख २० हजार २३५ रुपैयाँ, बचत हिसाब १ अर्ब ७२ करोड १७ लाख १० हजार १८ रुपैंयाँ रहेको जनाइएको छ ।
त्यसैगरी संस्थाको शेयर पूँजी १७ करोड २१ लाख ८९ हजार ७ सय रुपैयाँ, संस्थागत पूँजी १८ करोड ३५ लाख ६८ हजार ४१ रुपैयाँ, १ अर्ब ३४ करोड ४९ लाख ३२ हजार ७१ रुपैयाँ ऋण लगानी रहेको छ।
Leave a comment