काठमाडौं । सुर्खेतमा मुख्य कार्यालय रहेको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले संस्थाका कर्मचारीहरुको सम्मेलन सम्पन्न गरेको छ । संस्थाले वीरेन्द्रनगर साकोस तेस्रो कर्मचारी सम्मेलन २०८२ सम्पन्न गरेको हो ।
मंसिर ५ र ६ गते दुईदिन संचालन भएको कार्यक्रममा संस्थाका ८० जना कर्मचारीहरुको सहभागिता रहेको थियो । संस्थामा ८१ जना कर्मचारीहरु कार्यरत रहेकाछन् ।
कार्यक्रममा संस्थाका प्रमुख कर्यकारी अधिकृत छत्रबहादुर थापाको अध्यक्षता तथा संस्थाका अध्यक्ष बमबहादुर बिसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका संचालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारी लगायत सदस्यहरूको अतिथ्यता रहको थियो ।
कार्यक्रमका प्रमुख अतिथी एवंम संस्थाका अध्यक्ष बिसीले संस्थाले विगतमा सम्पन्न गरेका कामहरूबाट पाएको सफलता, चुनौतिहरूका बिषयमा बृहत छलफल तथा सिकाइ आदान प्रदानको रूपमा यस कार्यक्रमले सार्थकता पाउनेछ भन्ने बिचार राखेका थिए ।
उनले संस्थाको वर्तमान साखलाई कायम राख्न अझ बलियो, भरपर्दो र विश्वासिलो संस्था निर्माणमा दत्तचित्त भएर लाग्न कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।
कर्मचारी सम्मेलनले कर्मचारीहरुको ज्ञान, सिप र क्षमतामा अभिवृद्धि भएको र काम गर्ने जोस जाँगर तथा उत्साहमा वृद्धि भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत थापाले बताए । कर्मचारी सम्मेलनमा सहकारी प्रशिक्षक कुबेर निरौलाले सहजिकरण गरेका थिए ।
दुइ दिवशीय कार्यक्रमम संस्थाका कार्यालय ब्यबस्थापक प्रकाश शर्माले संचालन गरेका थिए भने कार्यक्रको सम्पुर्ण व्यवस्थापन संस्थाका कार्यालय ब्यवस्थापक योगेन्द्र भण्डारीले गरेका थिए ।
कार्यक्रममा संस्थाका १३ वटै सेवाकेन्द्रका कर्मचारीहरूको सहभागिता रहेको थियो । संस्थाको सुर्खेत जिल्लाभर कार्यक्षेत्र रहेको संस्थाको २३ हजार ६ सय ८९ जना शेयर सदस्य रहेका छन ।
१ अर्व ४९ करोडको कुल पूँजी तथा दायित्व र सम्पत्ती रहेको संस्थाले विगत २५ बर्षदेखि निरन्तर रुपमा सुर्खेत जिल्लाभर वित्तीय एवं गैरवित्तीय सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया