काठमाडौं । झापाको दमकमा रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था उत्कृष्ट करदाताकारुपमा सम्मानित भएको छ । सोमबार १४ औ राष्ट्रिय कर दिवसको अवसरमा संस्था सम्मानित भएको हो ।
संस्थालाई आन्तरिक राजश्व कार्यालय दमकले कार्यक्षेत्र भित्र आव २०८०र०८१ मा सबैभन्दा बढी आयकर दाखिला गरेको भन्दै सम्मान गरेको थियो ।
कार्यालयका महानिर्देशक मदन दहालले संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेलाई प्रमाण पत्र सहित सम्मान प्रदान गरेका छन् । संस्थामा १८ हजार १८७ जना सदस्य तथा ४ हजार ३२७ जना ऋणी सदस्इ रहेका छन् ।
संस्थामा ३९ करोड ९३ लाख ८३ हजार सेयर पूँजी २३ करोड ४४ लाख ४६ हजार जगेडा कोष र ११ करोड ९७ लाख ७९ हजार अन्य कोषमा रहेको छ । संस्थाको ३ अर्ब ९६ करोड ३२ लाख १८ हजार बचत संकलन तथा ३ अर्ब ६० करोड १५ लाख १६ हजार ऋण लगानी रहेको छ ।
३५ करोड ४२ लाख २५ हजार संस्थागत पूँजी रहेको संस्थाको कूल सम्पत्ति ४ अर्ब ७४ करोड ४३ लाख ४९ हजार रहेको जनाइएको छ । मुख्य कार्यालय सहित १३ सेवाकेन्द्र कार्यालय रहेको संस्थामा ११३ कर्मचारी रहेको जनाइएको छ ।
Leave a comment