हाइलाइट

नवजागरण साकोस रामेछापलाई सम्मान

नवजागरण साकोस रामेछापलाई सम्मान :: Sahakari Akhabar

काठमाडौं । रामेछापको मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्था सम्मानित भएको छ । संस्थालाई करदाता सेवा कार्यालय मन्थलीले उत्कृष्ट करदाताका रुपमा सम्मान गरेको हो । आर्थिक बर्ष ०८१ / ०८२ मा जिल्लाबाट सबैभन्दा बढी कर बुझाउनेमा उक्त संस्था रहेकोले सोमबार राष्ट्रिय कर दिवसको अवसरमा कर अधिकृत सरिता भट्टले संस्थाका अध्यक्ष सोमेश थापालाई प्रमाण पत्र प्रदान गरेकी थिइन् ।

संस्था आव २०८० / ८१ मा रामेछाप जिल्लाबाट सबै भन्दा बढी कर राजस्व योगदानमा अग्रणी भूमिका रहेको भन्दै संस्था सम्मानित भएको हो । कार्यक्रममा रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नविन थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो । संस्थामा १० हजार २४३ जना सदस्य रहेका छन् । त्यसैगरी ६२८ जनाले ऋण सेवा लिएका छन् ।

संस्थाको शेयर पुँजी ४ करोड २५ लाख ५७ हजार, बचत संकलन ५५ करोड ३६ लाख ९३ हजार तथा ऋण लगानी ४८ लाख ३७ हजार रहेको छ । संस्थाले आव ०८१ / ०८२ मा २४ लाख ६७ हजार मुनाफा आर्जन गरेको जनाइएको छ ।



Leave a comment