हाइलाइट

पारिजात साकोसको वार्षिक साधारणसभामा सदस्यलाई सम्मान

पारिजात साकोसको वार्षिक साधारणसभामा सदस्यलाई सम्मान :: Sahakari Akhabar

काठमाडौं । भक्तपुरमा रहेको पारिजात बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कात्तिक २९ गते सम्पन्न सभामा संस्थाका अध्यक्ष टंकराज काफ्लेको अध्यक्षता तथा जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्ष ध्रुवबहादुर रायमाझीको प्रमुख आतिथ्यता रहेको थियो ।

साधारण सभाको अवसरमा विभिन्न व्यक्तिहरू सम्मानित भएका थिए । सम्मानित हुनुहुने सदस्यहरुमा पुरुष उत्कृष्ट जेष्ठ नागरिकको सम्मान लुम्वप्रसाद सुवेदीलाई प्रदान गरिएको थियो भने महिला जेष्ठ सदस्य सम्मान रमा मैनाली पराजुलीलाई प्रदान गरिएको थियो । त्यसैगरी कार्यालय सहायक टीका कुमारी लामालाई उत्कृष्ट कर्मचारी सम्मान प्रदान गरिएको थियो ।

त्यसैगरी बचत तर्फ विशेष बचतमा दिनेश थापा, साधारण बचतमा मथुरा बस्नेत, गृहेणी बचतमा बबिता काफ्ले, खुत्रुके बचतमा अभिनव कट्टेल, स्वर्णिम बचतमा गोपाल चोवाल, आवधिक बचतमा मिना एकनाथ अधिकारी, नियमित बचतमा लक्ष्मीश्वरी मानन्धर सम्मानित भएका थिए ।

त्यसैगरी सभाले ब्यापारिक ऋणमा पार्वती अधिकारी कार्की, आयमूलक ऋणतर्फ सिर्जना बोम्जन, व्यक्तिगत ऋणतर्फ चन्द्रादेवी राई, आवधिक ऋणतर्फ श्रीमाया सार्की, कृषि ऋणतर्फ सनसारी खड्का, शैक्षिक ऋणतर्फ राधा कार्की, घरजग्गा ऋणतर्फ सीता तामाङ तथा हायर पर्चेज ऋणतर्फ रत्नबहादुर खड्का सम्मानित भएका थिए ।

त्यसैगरी, शेयर सदस्यका छोराछोरीमध्ये २०८२ सालको कक्षा १२ को अन्तिम परीक्षाका सहभागी मध्ये उत्कृष्ट नतिजा ल्याउने निजी विद्यालयको विधामा छात्र तर्फ निश्चल नेपाल र छात्रा तर्फ युसिका कार्की सम्मानित भएका थिए ।

साधारण सभाको अवसरमा नेपाल रेडक्रस सोसाईटी भक्तपुरको सहयोगमा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियोे । रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका थिए कार्यक्रमको संयोजन ऋण लगानी तथा असुली उपसमिति सदस्य राजेश तजले गरेका थिए ।

सभामा अध्यक्ष काफ्लेले आव २०८१ / ०८२ को वार्षिक प्रगति प्रतिवेदन, निवर्तमान अध्यक्ष तथा संस्थाका तरलता व्यवस्थापन निर्देशक ध्रुवबहादुर रायमाझीले तरलता व्यवस्थापन सम्बन्धी प्रतिवेदन पेश गरेका थिए । त्यसैगरी संस्थाका सचिव किरण थापाले आव २०८१ / ०८२ को वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष श्यामकृष्ण मास्केले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

त्यसैगरी लक्ष्मी बस्यालले लेखा सुपरिवेक्षणको प्रतिवेदन पेश गरेकी थिइन् । कार्यक्रम सुरज थापाले संचालन गरेका थिए भने सञ्चालक समिति सदस्य निरञ्जना धौभडेलले स्वागत मन्तव्य राखेकी थिइन् । सभामा संस्थाले आर्थिक वर्ष २०८१ / ८२ मा ३ करोड १२ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको जनाइएको छ ।

संस्थाले खुद नाफाको रकमलाई सहकारी ऐन अनुसार कोष बाँडफाँड गरी शेयर सदस्यहरूलाई ९.४० प्रतिशत लाभांस दिन प्रस्ताव गरेको छ । त्यसैगरी संस्थाको कुल सञ्चालन आम्दानी ४ करोड ८ लाख रुपैयाँबाट बढेर ७ करोड ३८ लाख रुपैयाँ पुगेको र सञ्चालन मुनाफा २ करोड ८५ लाख रुपैयाँबाट बढेर ३ करोड ३९ लाख रुपैयाँ पुगेको जनाएको छ ।

११ करोड ४ लाख ४ हजार रुपैयाँ चुक्ता पूँजी रहेको संस्थाको साधारण जगेडा कोषमा ८ करोड ८० लाख रुपैयाँ रहेको छ । संस्थाले गत आर्थिक वर्षको अन्त्यसम्ममा ८२ करोड १६ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरी ८१ करोड ३७ लाख ३३ हजार रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ । संस्थामा २ हजार ७३७ जना सदस्य तथा ३९८ जना ऋणी सदस्य रहेका छन् ।



Leave a comment