हाइलाइट

भक्तपुर जिल्ला बचत संघमा नयाँ नेतृत्व चयन

भक्तपुर जिल्ला बचत संघमा नयाँ नेतृत्व चयन :: Sahakari Akhabar

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २१औँ वार्षिक साधारण सभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ । २९ गते शनिबार भएको संघको वार्षिक साधारण सभाले हरिकृष्ण बल्ललाई अध्यक्षमा, जगनाथ प्रजापति उपाध्यक्ष, कान्छाभक्त घजु सचिव र कृष्णश्वरी प्रजापतिलाई कोषाध्यक्षमा चयन गरेको हो । त्यसैगरी संघको संचालक सदस्यमा इन्द्रप्रसाद व्यान्जु, चन्दीका छुकां, सुसिला पराजुली बराल, राजकुमार लघु र विवेक श्रेष्ठ चयन भएका छन् ।

त्यसैगरी सभाले लेखा सुपरिवेक्षण समितिको संयोजकमा दामोदर न्यौपाने र सदस्यमा गीता प्रसाद नेपाल तथा प्रतिभा अदुवा श्रेष्ठलाई चयन गरेको छ । नयाँ नेतृत्वले सहकारी संघको सेवा सुदृढीकरण, सदस्य संस्थाबीच सहकार्य विस्तार र सहकारी क्षेत्रमा सुशासन अभिवृद्धिमा योगदान दिने अपेक्षा गरिएको छ ।



Leave a comment