काठमाडौं । बर्दिबास महोत्तरीमा रहेको बर्दिवास बचत तथा ऋण सहकारी संस्थाले संचालकहरुको क्षमता विकास तालिम सम्पन्न गरेको छ । संस्थाले कात्तिक २४ गतेदेखि २७ गतेसम्म चारदिन उक्त तालिम संचालन गरेको थियो ।
कृषि विकास बैंकको तालीम हल लेटाङ्ग मोरङमा आयोजना गरेको संचालकहरुको क्षमता अभिवृद्धि तालिममा संस्थाका संचालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समितिका साथै ब्यवस्थापन समितिका पदाधिकारीहरु गरी १६ जनाको सहभागिता रहेको थियो ।
तालिममा संचालकहरुले वित्तय प्रतिवेदनहरुको बुझाइ, ब्याजदर गणना विधि, संचालकहरुको काम कर्तव्य, जिम्मेवारी, दायित्व, संस्था संचालनका क्रममा आइपर्ने समस्या तथा समस्याहरुको हल गर्ने तरिकाका बारेमा प्रशिक्षण दिइएकको थियो ।
त्यसैगरी प्रचलीत सहकारी काननुको परिपालना, रणनैतिक बार्षिक तथा मासिक योजना निर्माण तथा विविध विषयहरुमा सिकाई आदान प्रदान गरीएको थियो । तालिम नेफ्स्कून पूर्व कोषाध्यक्ष प्रशिक्षक केशवप्रसाद पोखरेलले सहजीकरण गरेका थिए । साथै सहभागिहरुलाई उर्लाबारी एफएमका संचालक, मन नेम्वाङ्गले उध्घोषण सम्वन्धि तालिम प्रदान गरेका थिए ।
Leave a comment