हाम्रो साकोसको साधारण सभामा ७० जना जेष्ठ सदस्य र ७५ जना विद्यार्थीलाई सम्मान

हाम्रो साकोसको साधारण सभामा ७० जना जेष्ठ सदस्य र ७५ जना विद्यार्थीलाई सम्मान :: Sahakari Akhabar

काठमाडौं । ललितपुरको लगनखेलमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाको २७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले सदस्यहरुका सहजताको लागि क्षेत्रगत रुपमा साधारण सभाको आयोजना गरी गत कातिक २२ गते निर्णय प्रमाणीकरण सभा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष श्यामकृष्ण घिमिरेको सभापतित्व एवं संस्थाका सल्लाहकार तथा पूर्व अध्यक्ष शम्भूप्रसाद फुयाँलको प्रमुख आतिथ्यता, पुर्व सञ्चालकहरु र सदस्यहरुको  सहभागितामा सभा सम्पन्न गरेको संस्थाले जनाएको छ । साधारण सभाको अवसरमा संस्थाले ७० जना जेष्ठ सदस्य सम्मान गर्नुका साथै ७५ जना विद्यार्थीहरुलाई शैक्षिक सम्मान गरिएको थियो ।

सभामा अध्यक्ष घिमिरेले प्रतिवेदन प्रस्तु्त गर्दै संस्थागत सुशासन तथा दिगोपनाको लागि आवश्यक नीति तथा कार्यविधि  तर्जुमा गरी कार्यान्वयन गर्दैै संस्था अगाडि बढाइएको बताए । संस्था नेफ्स्कूनले सञ्चालन गरेको ल्याएको एक्सेस कार्यक्रममा आवद्ध भएको र नीति, विधि र प्रविधिलाई आत्मसात गरी अगाडि बढेको उनले सभामा जानकारी दिए ।

वित्तीय संकट र सहकारी क्षेत्रप्रति  सर्वसाधरणमा आएको अविश्वासको बिचमा पनि सदस्यहरुको विश्वासका कारण संस्था जिवन्त गतिमा अगाडि बढेको उनको भनाई छ । संस्थाले बचत ऋणको कारोबारसँगै विभिन्न सामाजिक गतिविधि समेत गर्ने गरेको उनको भनाई छ। नियमाकिय प्रवन्धको परिपालनाले सदस्यहरुको बचत तथा लगानीको सुरक्षाको प्रत्याभूति गर्ने भएकाले सदस्यहरुलाई ढुक्क भएर वित्तीय कारोबार गर्न उनको आग्रह छ ।

संस्थाले सदस्यहित कार्यक्रममा गर्भदेखि स्वर्गसम्मका आवश्यकता अनुसारको कार्यक्रम सञ्चालन गर्दै आएको, संस्थामा आवद्ध सबै उमेर समुहका सदस्यहलाई वित्तीय साक्षरता प्रदान गर्दै आएको र प्रविधिको प्रयोगलाई वृद्धि गर्दै नगद रहित कारोबारलाई अगाढि बढाइने उनले सभामा जानकारी दिए । त्यसैगरी युवा सदस्यहरुलाई लक्षित गरी कृषि, पशुपालन,साना तथा घरेल् उद्योग र रोजगारी सृजना गर्ने क्षेत्रमा स्टार्टअफ कर्जालाई पहिलो प्राथमिकता दिने नीति संस्थाले लिएको छ ।

१० लाखसम्मको ऋणको वीमा गर्ने, जगेडा कोष वृद्धिगरी सदस्यहरुलाई दिर्घकालिन प्रतिफल दिने, न्यनु आय भएका सदस्यहरुलाई एकल अंकको ब्याजदरमा ऋण प्रवाह गरी हरेक आर्थिक बर्षमा २० जना सदस्यहरुलाई विभिन्न तालिम प्रदान गरी स्वरोजगार बनाउने, प्राणघातक रोग, दुर्घटना र विपद्को अवस्थामा सदस्यहरुलाई निश्चित बर्षभित्र त्यति र्नै रकम जम्मा गर्नेगरी नियमित बचत फिर्ता दिने व्यवस्था मिलाउने जस्ता कार्यक्रम संस्थाले तय गरेको छ ।

संस्थाले एटिएम, मोबाइल बैकिङ्ग, कनेक्ट आइपिएस, जस्ता सेवा सञ्चालन गरिरहेको छ भने यस बर्षदेखि ट्यावलेट बैकिङ्ग समेत सञ्चालनमा ल्याउने भएको छ । संस्थामा आवद्ध ७ हजार माथि सदस्यहरुमा रहेको सीपलाई संस्थाका सदस्यहरुको सेवा तथा आयआर्जनका लागि उपयोग गर्ने नीति बमोजिम संस्थालाई सदस्यको सीपको केन्द्रको रुपमा विकास गरिने भएको छ ।

सभामा सचिव हरिप्रसाद बजगाईले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष विदुरप्रसाद तिमल्सिनाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । आर्थिक बर्ष २०८१ / ८२ को असार मसान्तसम्म संस्थामा ७ हजार ३ सय सदस्य र १ अर्ब ७० करोड ९२ लाख कुल सम्पत्ति पुगेको उनले सभामा जानकारी दिए ।

संस्थाको सेयर पुँजी १३ करोड ६२ लाख, जगेडा कोष १५ करोड ६ लाख, अन्य कोष १ करोड २६ लाख, बचत संकलन १ अर्ब ३३ करोड, लगानी १ अर्ब १९ करोड गर्न सफल भएको उनले बताए । साधारण सभामा करिब ६७ प्रतिशत सदस्यहरुको उपस्थिती रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले जानकारी दिए । संस्थाले मुख्य कार्यालय लगनखेल, सेवाकेन्द्र गोटिखेल, चापागाउँ र बालाजुबाट सदस्यहरुलाई वित्तीय सेवाहरु प्रवाह गर्दै आएको छ ।



Leave a comment