काठमाडौं । भक्तपुरमा रहेको सामुहिक बचत तथा ऋण सहकारी संस्थाले २८ औं स्थापना दिवस कार्यक्रम गरेको छ । संस्थाले विविध कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा संस्थाले निःशूल्क स्वास्थ्य परिक्षण, रक्तदान, जेष्ठ सदस्य, एसईई तथा प्लस टु उर्तिण सम्मान जस्ता कार्यक्रम आयोजना गरेको थियो ।
स्थापना दिवसकै अवसरमा संस्थाले विश्व सम्पदा सूचीमा सूचिकृत चाँगुनारायण मन्दिरको सरसफाई समेत गरेको जनाएको छ । संस्थाका अध्यक्ष राजभाई भेलेको सभापतित्वमा भएको कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, जिल्ला सहकारी संघ भक्तपुरका सचिव रामप्रसाद कासुला र भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष हरिकृष्ण बल्ल अतिथि रहेका थिए ।
संस्थाको पछिल्लोे विवरण अनुसार संस्थामा ६ हजार ७ सय सदस्य आवद्ध रहेका छन भने संस्थाको कुल सम्पत्ति ७४ करोड ८५ लाख पुगेको छ । संस्थाको शेयर पुँजी ६ करोड १८ लाख, बचत संकलन ५८ करोड ४२ लाख र ऋण लगानी ५१ करोड ७६ लाख रहेको छ । संस्थागत पुँजी ५ करोड ७२ लाख र जगेडा कोष ५ करोड ६८ लाख रहेको संस्थाले सदस्यहरुको आर्थिक, सामाजिक तथा सास्कृतिक रुपान्तरणमा निरन्तर कार्य गर्दै आएको छ ।
Leave a comment