हाइलाइट

पाँचतारा साकोसकोे १८ औं बार्षिक साधारण सभा सम्पन्न

पाँचतारा साकोसकोे १८ औं बार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । पुरानो सिनामंगल पेप्सीकोलामा रहेको पाँच तारा बचत तथा ऋण सहकारी संस्थाको १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले सदस्यहरुको बिचमा बार्षिक नीति तथा कार्यक्रम माथि छलफल गरी सभा सम्पन्न गरेको हो । संस्थाले विगतका बर्षहरुदेखि नै सभालाई भड्किलो नवनाई मितव्ययी रुपमा   सम्पन्न गर्दै आएको जनाएको छ ।

सभामा अध्यक्षको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन तथा वित्तीय विवरण, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र आव २०८१ / ८२ को  आर्थिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको थियो । सभामा अध्यक्ष भोलानाथ पाठकले प्रतिवेदन प्रस्तुत गर्दै सदस्यहरुको सक्रिय सहभागिताको कारण संस्था निरन्तर अगाडि बढेको र उनीहरुको आर्थिकस्तर वृद्धि तथा उन्नतिका लागि काम गरिराखेको बताए । सहकारी क्षेत्रलाई थप व्यवस्थित गर्न सरकारले पछिल्लो समय विभिन्न निकाय गठन गर्नु सकरात्मक भएको भन्दै उनले यसले सहकारी क्षेत्रलाई सुरक्षित र बलियो बनाएर लैजान मदत पुग्ने बताए ।

बैंक तथा वित्तीय संस्थामा समेत अधिक तरलता रहेको र मूलूकको राजनीतिक अस्थिरता र समय समयमा हुने आन्दोलनले लगानीको बातावरण धुमिल हुँदा त्यसको चक्रिय प्रभावले सहकारी क्षेत्रलाई समेत अप्ठ्यारो पारेको उनको भनाई छ ।

बैंकहरुले निक्षेपमा सामान्य पनि  ब्याज  नदिने र संघहरुमा राखेको रकम तरलतामा गणना नहुने भन्ने जस्ता समस्याले सदस्यबाट महंगोमा उठाएको बचतलाई कसरी परिचालन गर्ने भन्ने मुख्य समस्या रहेकोे अध्यक्ष पाठकले बताए ।

संस्थाको आम्दानीमा संकुच आउदा संस्थाले गर्दै आएको विभिन्न कार्यक्रमहरु कटौती गर्दै जानुपर्ने अवस्था आएको र साधारण सभा लगायतका कार्यक्रमलाई सरल र कम खर्चिलो बनाउदै नियमनकारी निकायको निर्देशनलाई समेत पालना गरी अगाडि बढ्नुको विकल्प नरहेको अध्यक्ष पाठकले बताए ।

संस्थाले बर्षमा ४र५ वटा कार्यक्रममा आयोजना गर्ने र उक्त कार्यक्रममा प्रति सदस्य ठुलो रकम खर्च गर्नुपर्ने भएकाले पनि प्रत्येक सदस्यले शेयर वृद्धि गरी १० हजार पुर्याउन आवश्यक रहेको उनको भनाई छ । संस्थाले स्थापनाकाल देखि नै समयमा नै साधारण सभा सम्पन्न गर्ने गरेको र प्रत्येक सदस्यलाई बार्षिक प्रतिवेदन तथा अन्य जानकारी उपलब्ध गराउदै आएको भन्दै अध्यक्ष पाठकले वित्तीय पारदर्शिता कायम  गरी संस्था अगाडि बढेको बताए ।

आर्थिक बर्ष २०८१ / ८२ को असार मसान्तसम्म संस्थाको शेयर पुँजी ८ करोड ३३ लाख, जगेडा कोष ६ करोड ६७ लाख,बचत संकलन ६४ करोड ५२ लाख, ऋण लगानी ७० करोड १४ लाख पुगेको  छ ।  संस्थाले गत आ।ब।को नाफाबाट शेयर लाभांश कोषमा ३५ लाख ४९ हजार र संरक्षित पुँजी फिर्ता कोषमा १८ लाख ४८ हजार छुट्याएको छ ।

संस्थाले गत आर्थिक बर्षमा सदस्य सम्मान, रक्तदान, जेष्ठ सदस्य सम्मान, स्थानीय क्लब तथा समुदायलाई आर्थिक सहयोग जस्ता थुप्रै क्रियाकलाप गरेको छ । सभामा कोषाध्यक्ष अवधेश कुमार पाण्डेले आर्थिक बर्ष २०८१र८२ को बार्षिक तथा आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको तर्फबाट संयोजक दिपक रिजालले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाले विभिन्न १६ प्रकारका बचत खाता सञ्चालन गरी सदस्यबाट बचत संकलन गर्दै आएको छ भने सदस्यहरुको आवश्यकता अनुसार घर जग्गा खरिद र निर्माण,शैक्षिक, कृषि,उद्यमी तथा विपन्न वर्ग,साधरण तथा घरायसी जस्ता शिर्षकमा ऋण लगानी गर्दै आएको प्रतिवेदनमा उल्लेख छ ।

‘सकृय सदस्यको पहिचान, पाँच तारा सहकारीको अभियान’ भन्ने उदेश्य अनुसार संस्थाले निस्कृय सदस्यता खारेजीको अभियान चलाएको छ । संस्थामा सदस्य बन्ने मात्र होइन,नियमित बचत लगायत विभिन्न गतिविधिमा सहभागी हुने, ऋण लिने र उद्यमी बनी समयमा ऋणको साँवा ब्याज भुक्तानी गर्ने सदस्य संस्थाले खोजेको छ ।



Leave a comment