काठमाडौं । दमक ६ बेलडाँगी रोड झापामा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको निर्वाचन सहितको १६ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
असोज २६ गतेदेखि सेवाकेन्द्र मार्फत एकाइगत रुपमा संचालन गरेको संस्थाले असोज २८ गते मंगलवार कस्मिक पार्टी प्यालेसमा निर्णय प्रमाणिकरण सभा गरेको थियो । सभाले नयाँ संचालक समिति समेत चयन गरेको छ ।
सभाले बुद्धिसागर बरालको अध्यक्षतामा ९ सदस्य संचालक समिति चयन गरेको हो । संचालक समितिको उपाध्यक्षमा सञ्जिव रिमाल, सचिवमा चन्द्रमाया निरौला, कोषाध्यक्षमा प्रेमकुमारी रिजाललाई चयन गरेको छ ।
त्यसैगरी समितिको संचालक सदस्यहरुमा दिनेशकुमार अधिकारी, राजेन्द्र श्रेष्ठ, भिमबहादुर रायमाझी, भरतकुमार ढकाल र गगा पौडेल चयन भएका छन ।
त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा गायत्रीप्रसाद पराजुली तथा सदस्यहरुमा अभिचन्द्र प्रसाईं र शुशिला काफ्लेलाई चयन गरेको छ । संस्थाले विभिन्न विधाका ब्याक्तित्वहरु र कर्मचारीलाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा सञ्चारकर्मी विमल लामिछाने, अग्रज तुलसीराम प्रसाईं, कर्मचारीहरु कमल गड्तौला (फिल्ड उत्कृष्ट), बसन्त भट्टराई (हिरो अफ द स्वर्णलक्ष्मी), निर्मल धिमाल, झलक गौतम, रमेश वोहोरा, आशिष कार्की लगायत सम्मानित भएका छन् ।
यसैगरी शिक्षा क्षेत्रमा उत्कृष्ठ हुने शेयर सदस्यका छोरा छोरीमध्येबाट छात्रा अनुदिता कोइराला र छात्र सौरव सहनी नगदसहित सम्मान गरेको थियो ।
उक्त साधारण सभाले आब ०८१ / ०८२ को संचालक समितीको तर्फबाट पेश गरेको प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिले पेश गरेको प्रतिवेदन, बाह्यलेखा परिक्षकको प्रतिवेदन सहित आगामी वर्षको नीति कार्यक्रम योजना र बजेट पारित गरेको छ ।
संस्थाका अध्यक्ष बुद्धिसागर बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेप्स्कूनका महासचिव घनश्याम अधिकारी, दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई, जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेमकुमार कोइराला, जिल्ला सहकारी संघ झापाका लेखा सुपरिवेक्षण समिति संयोजक चुडामणि ओझाले शुभकामना ब्यक्त गरेका थिए ।
त्यसैगरी संस्थाका संस्थापक अध्यक्ष बासु काफ्ले, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपाने,ब्यवस्थापक कल्वका अध्यक्ष खेम बगाले, दमक उद्योग बाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाईँ, लगायतले साधारण सभा शुभकामना ब्यक्त गरेका थिए ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया