काठमाडौं । शंखमुलमा रहेको ज्ञानज्योती महिला उत्थान बचत तथा ऋण सहकारीको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । असोज २६ गते संस्थाका अध्यक्ष विना बुद्धाचार्यको अध्यक्षता तथा संस्थाका संस्थापक अध्यक्ष बममाई लामा, सहयोगी संस्थाहरु नेपाल बसोबास बस्ति संरक्षण समाज, नेपाल महिला एकता समाज, नव दिपज्योति महिला उत्थान साकोस, प्रगति महिला उत्थान साकोसका प्रतिनिधिहरु र शेयर सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको हो ।
सभामा शेयर सदस्य, असल ऋणी २३ जना, असल बचत सदस्य २ जना, बाल बचतकर्ता २ जना र प्लस टु उर्तिण सदस्यका छोराछारी २४ जनालाइ सम्मान गरेको थियो । सभाले बिना बुद्धाचार्यको अध्यक्षतामा नयाँ संचालक समिति तथा सीता शिवाकोटीको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिती सर्वसम्मत चयन गरेको छ ।
त्यस्तै संचालक समितिको उपाध्यक्षमा सीता राई, सचिवमा जेनिता राई,तथा कोषाध्यक्षमा कविता राई चयन भएका छन् । त्यसैगरी संचालक सदस्यमा इन्दु लामिछाने,कान्छिमाया रोक्का तामाङ, सकुन्तला मैनाली चयन भएका छन् भने लेखा समिति सदस्यमा देविका थापा लामा र जिना कायस्थ चयन भएका छन् ।
संस्थामा १ हजार ६५७ जना सदस्य, ६५४ बाल बचतकर्ता तथा ५१४ जना ऋणी सदस्य रहेका छन् । त्यसैगरी संस्थामा २ करोड ८० लाख ३५ हजार ९०० रुपैंयाँ सेयर पूँजी, १८ करोड ९२ लाख ५० हजार ७९३ बचत तथा निक्षेप रहेको जनाइएको छ ।
त्यसैगरी संस्थाको जगेडा कोषमा १ करोड ७६ लाख ८ हजार ३०५ रुपैंयाँ तथा १ करोड १५ लाख ३१ हजार ४११ रुपैंयाँ अन्य कोषमा रहेको जानइएको छ । संस्थाले १५ करोड ५२ लाख ३३ हजार २०७ रुपैंयाँ ऋण लगानीमा रहेको जनाएको छ भने १ करोड ८५ लाख २४ हजार ६१७ रुपैंयाँ संथागत पूँजी तथा २५ करोड २ लाख ८२ हजार ९९९ रुपैंयाँ कूल सम्पति रहेको संस्थाकी ब्यवस्थापक चन्द्रलक्ष्मी खड्कीले जानकारी दिएकी छन् ।
Leave a comment