चमेली कल्याणकारी साकोसको २३औं वार्षिक साधारण सभा सम्पन्न

चमेली कल्याणकारी साकोसको २३औं वार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । भक्तपुरको बिरुवामा रहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाको २३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । असोज २५ गते आयोजना गरिएको साधारणसभा ३ हजार ८०३ जना सदस्यहरूको उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष प्रमोद घिमिरेको अध्यक्षता र संस्थापक अध्यक्ष बद्रिप्रसाद चौलागाईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष मिठाराम न्यौपानेले स्वागत मन्तव्य राखेका थिए भने संस्थाका सचिव दिपककुमार न्यौपानेले कार्यक्रम संचालन गरेका थिए ।

सभामा संस्थाका पूर्व अध्यक्षद्वय पुष्कर बुढाथोकी र जनार्दन न्यौपाने तथा कानूनी सल्लाहकार विष्णुकाजी थापाले शुभकामना मन्तव्य राखेका थिए ।

सभामा संस्थाका सचिव दिपककुमार न्यौपानेले आव २०८१ / ८२ मा सम्पन्न कार्यक्रम तथा आव २०८२ / ८३ को कार्यक्रम प्रतिवेदन, कोषाध्यक्ष नवराज घिमिरेले २०८१ / ८२ को वित्तीय उपलब्धी तथा २०८ / ८३ को प्रस्तावित बजेट प्रस्तुत गरेका थिए।

त्यसैगरी आईपि मैनाली एण्ड एशोसियट्सका चार्टर्ड एकाउन्टेन्ट ईन्द्रप्रसाद मैनालीले प्रस्तुत गरेको संस्थाको आव २०८१।८२ को लेखापरीक्षण प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक शालिकराम घिमिरेद्वारा प्रस्तुत प्रतिवेदन सभाले पारित गरेको छ ।

त्यसैगरी सभामा शताब्दी पुरूष संसथाका सदस्य सय वर्षिय दिलबहादुर थापा, उत्कृष्ट वचतकर्ता सदस्यद्वय लक्ष्मी श्रेष्ठ र सन्तोष चौलागाई सम्मानित भएका छन् ।

त्यसैगरी उत्कृष्ट ऋणी सदस्यद्वय अन्जली कार्की खड्का र मिलन कार्की, वचतकेन्द्रका धनलक्ष्मी वचत केन्द्र, सिरूटार पनि सम्मानित भउका छन् ।

सभामा २०८१ सालको एस।इई परिक्षामा ४ जिपिए ल्याउन सफल सदस्यका छोरा छोरी मध्ये अध्यात्म घिमिरे, आयाम न्यौपाने, सुश्री ग्रिष्मा कार्की, सुश्री सिम्रन पोखरेल र सुश्री शिक्षा घिमिरेलाई पनि सम्मान गरेको थियो ।

संस्थाका उत्कृष्ट कर्मचारीको रूपमा यमुना फुंयाल घिमिरेलाई सभामा सम्मान तथा पुरष्कृत गरिएको थियो । संस्थामा ५ हजार १६९ जना जम्मा सदस्य तथा १ हजार १०१ जना ऋणी सदस्य रहेका छन् ।

संस्थाको सेयर पूँजी ६ करोड ५८ लाख ११ हजार ३०० रुपैंयाँ रहेको छ भने, ९ करोड ५१ लाख ८२ हजार ८११ रुपैंयाँ जगेडा कोष तथा १ करोड ७५ लाख ४७ हजार ६१२ रुपैंयाँ अन्य कोषमा रहेको जनाइएको छ ।

७७ करोड ९५ लाख ८४ हजार १११ रुपैंयाँ बचत रहेको संस्थाको ७१ करोड ३ लाख ४९ हजार ऋण लगानीमा रहेको जनाइएको छ। त्यसैगरी ९ करोड ८९ लाख ६६ हजार कूल संस्थागत पूँजी रहेको संस्थाको १ अर्व २ करोड ३० लाख ७३ हजार कूल सम्पति रहेको छ ।



Leave a comment