नारी सृजना कृषि सहकारी संस्थाको अध्यक्षमा अधिकारी चयन

नारी सृजना कृषि सहकारी संस्थाको अध्यक्षमा अधिकारी चयन :: Sahakari Akhabar

विराटनगर । मोरङको उर्लाबारीमा रहेको नारी सृजना कृषि सहकारी संस्थाको अध्यक्षमा गीता अधिकारी खतिवडा चयन भएकी छन् । संस्थाको शनिबार सम्पन्न २७ औं वार्षिक चुनावी साधारणसभाले कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा निर्मला चौहान (निरु), सचिवमा रेनुका देवी निरौला, कोषाध्यक्षमा दुर्गावती लिम्बु चयन भएका छन् । त्यस्तै सदस्यहरुमा बानु सुब्बा, सिता भुजेल, पवित्रा दङ्गाल खनाल, टिका भुजेल र रेखा कार्की चयन हुनुभएको छ। यस्तै, लेखा संयोजकमा सम्झना महत, सदस्यहरुमा हिरादेवी श्रेष्ठ र विनिता खनाल पोख्रेल सर्वसम्मत रूपमा चयन भएका छन् ।

२०५७ सालमा स्थापना भएको सहकारीमा हालसम्म २४ सय ४३ सदस्य आवद्ध रहेका छन् । संस्थाका व्यवस्थापक सपना रिजालका अनुसार संस्थाको शेयर पुँजी १ करोड २६ लाख ८८ हजार ९ सय रुपैँया रहेको छ । सहकारीको कोष हिसाब ८० लाख ६५ हजार ८५६ रुपैयाँ रहेको छ भने निक्षेप हिसाब ४ करोड ६८ लाख ४० हजार ८६४ रुपैयाँ रहेको छ । सहकारीले  ५ करोड २६ लाख ८९ हजार ४३३ रुपैयाँ कर्जा लगानी गरेको व्यवस्थापक रिजालले जानकारी दिईन् ।

साधारणसभाको अवसरमा संस्थाले उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, जेष्ठ सदस्यलाई सम्मान र पुरस्कार वितरण गरेको थियो । त्यसैगरी गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति समेत प्रदान गरिएको थियो । सहकारीकी अध्यक्ष पुष्पा कुमारी राजभण्डारीको अध्यक्षता तथा जिल्ला कृषि सहकारी मोरङका अध्यक्ष रविन्द्र आचार्यको प्रमुख आतिथ्यता सम्पन्न साधारण सभामा शुभकामना मन्तव्य संस्थाकी उपाध्यक्ष निर्मला चौहानले राखेकी थिईन भने संस्थाका सल्लाहकार मिना देवी बराल र भागिरथा अधिकारीले शुभकामना मन्तव्य राखेका थिए ।



Leave a comment