काठमाडौं । रामेछापको मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाको २७औं वार्षिक साधारण सभाको तयारीका लागि बिस्तारित बैठक सम्पन्न गरेको छ । संस्थाको सभाहलमा संचालित बिस्तारित बैठक संस्थाका अध्यक्ष सोमेश थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।
बैठकमा संस्थाका पूर्वअध्यक्ष तथा सल्लाहकार श्याम थापा, सल्लाहकार जगन्नाथ दाहाल र नवराज पथिकलगायत सञ्चालक समिति, लेखा समिति, उपसमिति, शेयर सदस्य र कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
बैठकमा संस्थाका व्यवस्थापक रमेश उदाशले संस्थाको विगतका गतिविधिहरू प्रस्तुत गर्नुका साथै सचिव नारायणबहादुर कार्कीले आगामी कार्यक्रम र २७औं साधारण सभाको कार्यसूची प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका कोषाध्यक्ष भिमसेन थापाले आर्थिक प्रतिवेदन र आगामी आर्थिक वर्षको बजेट प्रस्ताव प्रस्तुत गरेका थिए ।
बैठकमा अध्यक्ष सोमेश थापाले सल्लाहकार तथा सहभागीको सुझाव र सल्लाह लिंदै नियामक निकायको निर्देशनको पूर्ण पालना गर्दै संस्था पारदर्शी र उत्तरदायी ढङ्गले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
सचिव नारायणबहादुर कार्कीले संचालन गरेको कार्यक्रममा संस्थाको २७औं वार्षिक साधारण सभा एकाईगत रुपमा कार्तिक ९ देखि शुरु भई मन्थलीको तिनलाल पार्कमा कार्तिक १८ गते निर्णय प्रमाणिकरण सभा हुने जानकारी गराए ।
Leave a comment