काठमाडौं । सप्तरीको राजविराजमा रहेको आईडियल बचत तथा ऋण सहकारी संस्थाको २६ औं बार्षिक साधारण सभाको एकाइगत सभा सम्पन्न भएको छ ।
राजविराजमा भएको सभाले सदस्यलाई साढे ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभामा सञ्चालक समितिका उपाध्यक्ष विजयानन्द झाले प्रस्तुत गरेको लाभांस प्रस्ताव सर्वसम्मत् पारित गरेको थियो ।
तीनवटा एकाईमा सम्पन्न गरेको साधारण सभा एकाई क पातोमा असोज २३ गते, एकाई ख हनुमाननगरमा असोज २४ गते र एकाई ग राजविराजमा असोज २५ गते सम्पन्न गरेको हो । एकाई प्रतिनिधिहरुको निर्णय प्रमाणिकरण सभा असोज २७ गते संस्थाको मुख्य कार्यालय राजविराजमा गर्ने संस्थाले जनाएको छ ।
मधेश प्रदेशकै उत्कृष्ट आईडियल बचत तथा ऋण सहकारी संस्थामा १७ हजार ६८६ जना शेयर सदस्य छन् । संस्थाको आव २०८१ / ०८२ मा कूल सम्पत्ति १ अर्ब ४५ करोड ५४ लाख ७७ हजार रुपैयाँको प्रतिवेदन प्रस्तुत गर्दै सञ्चालक समितिका अध्यक्ष गणेशकुमार आशले जानकारी दिए । यसैगरी गत आर्थिक वर्षमा संस्थाले १४ करोड ६९ लाख ४५ हजार २८३ रुपैयाँ आम्दानी गरेको अध्यक्ष आशले जानकारी दिए ।
संस्थाले शेयर सदस्यहरुका लागि आव २०८ / र०८३ मा स्वरोजगारमुलक सिप विकास तालिम, महिला उद्यमशिलता तालिम, सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम, सहकारी नीति शिक्षा कार्यक्रम तय गरेको छ ।
त्यसैगरी नियम तथा ऐन कानुन सम्वन्धी तालिम, प्रविधिको प्रयोग सम्बन्धी तालिम, आन्तरिक लेखा परीक्षण तालिम, सञ्चालक क्षमता विकास तालिम तथा कर्मचारीहरुका लागि क्षमता विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्ने संस्थाको नीति रहेको जानकारी दिइएको छ।
यसैगरी सहकारी संस्थालाई कानुसम्मत ढंगबाट ब्यवस्थित रुपमा सञ्चालन गर्न विभिन्न २४ वटा नीति तथा कार्यविधिहरु तयार गरि लागू गरिएको सहकारीका व्यवस्थापक विनोद कुमार साफीले जानकारी दिए ।
संस्थाका अध्यक्ष गणेशकुमार आशको अध्यक्षतामा आयोजित २६औं बार्षिक साधारण सभामा सचिवको प्रतिवेदन विजयानन्द झा, कोषाध्यक्षको प्रतिवेदन मन्जुदेवी साह र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन डम्बरप्रसाद महतोले प्रस्तुत गरेका थिए । लेखा सुपरीवेक्षण समितिका संयोजक दिनेश साहले स्वागत गरेको कार्यक्रम राजेश झाले सञ्चालन गरेका थिए ।
Leave a comment