काठमाडौं । बनेपामा रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको ३३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नविन भक्त बादे श्रेष्ठको सभापतित्वमा सम्पन्न सभाको प्रमुख अतिथि संस्थाका पुर्व उपाध्यक्ष तथा बागमती प्रदेश सामाजिक विकास मन्त्री कन्चनचन्द्र बादे रहेका थिए ।
प्रमुख अतिथि बादेले चण्डेश्वरी साकोस समुदायमा आधारीत भई बिगत ३ दशक देखि नै सहकारी मूल्य, मान्यता अनुरुप आन्तरिक सुशासन कायम गरी वित्तीय कारोबार गर्दै बताए ।
सभामा संस्थाका अध्यक्ष बादेले सुरुमा १३ जना युवाको अग्रसरतमा समुदायको लागि गठन भएको सहकारीमा अहिले १० हजार ९७३ सदस्य पुगेको बताए ।
सदस्यहरुले संस्थामा ढुक्क भएर वित्तीय कारोबार गरिराखेको जानकारी दिँदै उनले संकलित पुँजीलाई आय आर्जन र रोजगारी सृजना गर्ने क्षेत्रमा परिचालन गर्दै आएको बताए ।
संस्थाका सचिव बुद्धरत्न मानन्धरले आर्थिक बर्ष २०८१ / ८२ को वार्षिक प्रगति प्रतिवदन तथा चालु आवको प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
यस आवमा सदस्यता तथा डिजिटल सेवा सहभागितामा वृद्धि, तालिम तथा गोष्ठी, विभिन्न शिविर, सदस्य शिक्षा तथा समुदाय भेटघाट, सम्मान तथा पुरस्कार वितरण जस्ता गतिविधि गर्ने उनले सभामा जानकारी दिए ।
कोषाध्यक्ष गणेश कुमार रंजितले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत आबमा शेयर पुँजी ११ करोड ४२ लाख,बचत संकलन १ अर्ब १६ करोड १६ लाख र ऋण लगानी ८९ करोड ८६ लाख गरी कुल सम्पत्ति १ अर्ब ५१ करोड ४९ लाख पुगेको जानकारी दिए ।
उनले गत आबमा ३ करोड ३९ लाख ४१ हजार खुद नाफा भएको सभामा उल्लेख गरे । साधारण सभाको अवसरमा संस्थामा आबद्ध सदस्य तथा बाल सदस्यहरुले एसइई २०८१ मा सहभागी भई उत्तिर्ण भएका ३३ जना छात्र छात्राहरुलाई सम्मान गरिएको थियो भने ति मध्ये ५ जनालाई ज्योती प्रकाश सैँजु स्मृति छात्रवृत्ति प्रदान गरिएको थियो ।
संस्थामा उत्कृष्ट बित्तिय कारोबार गर्ने उत्कृष्ट बचतकर्ता तथा ऋणीहरुलाई बिभिन्न बिधाहरुमा सम्मान गरिएको थियो । आव २०८१। / ८२ मा उत्कृष्ट कार्य सम्पादनको आधारमा कनिष्ठ कार्यालय सहायक राजेन्द श्रेष्ठलाई उत्कृष्ट कर्मचारी बिधाबाट सम्मानित गरिएको थियो ।
साधारण सभाको अवसरमा सि डब्लु सि पोलिक्लिनिकको प्राविधिक सहयोगमा उपस्थीत सदस्यहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गरिएको थियो ।
शिविरमा हाड, जोर्नी तथा नशा सम्बन्धि, फिजियोथेरापी सम्बन्धि बिशेषज्ञ डाक्टरको उपस्थीतिमा १ सय ९० जनाले जाँच गराई आवश्यक परामर्श तथा औषधि बितरण गरिएको थियो ।
Leave a comment