हाम्रो जनकल्याण साकोसद्धारा दशैंमा २७ जनालाई खाद्यान्न बितरण

हाम्रो जनकल्याण साकोसद्धारा दशैंमा २७ जनालाई खाद्यान्न बितरण :: Sahakari Akhabar

काठमाडौं । चरिकोट दोलखामा रहेको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले भिमेश्वोर नगरपालिकाका ९ वटै वडाका २७ जना नागरिकलाई खाद्यान्न सामाग्री बितरण गरेको छ । संस्थाले वडा कार्यालयले सिफारिस गरेका प्रत्येक वडाका ३ / ३ जना नागरिकलाई टोलमै गएर खाद्यान्न सामाग्री बितरण गरेको हो ।

संस्थाले खाद्ययान्न सामाग्रीको प्याकेज बनाइ उक्त सामग्री हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष राजन श्रेष्ठले जानकाररी दिए । संस्थाका सदस्यबाहेक समाजका सदस्यकोलागि पनि संस्थाले सामाजिक कार्य गर्दैआएको अध्यक्ष श्रेष्ठले बताए ।

सम्बन्धित वडाका अध्यक्ष, संस्थाका अध्यक्ष तथा उपाध्यक्ष सहदेव खड्काको उपस्थितिमा उक्त सामाग्री बितरण गरिएको जनाइएको छ । चाड पर्वमा हाम्रो जनकल्याण अभियानका रुपमा बिगत ३ वर्षदेखि उक्त कार्य गर्दै आएको संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले जनाए ।

सामाग्री प्राप्त गरेका सदस्य र परिवारले दसैंमा सहयोग पाएकोमा हाम्रो जनकल्याण साकोस उदाहरणीय मात्र नभएर आफ्नो अभिभावक समेत भएको बताए । वडा अध्यक्षहरुले थप संख्यामा सुबिधा उपलब्ध गराउन र निरन्तरताको लागि पनि आग्रह गरेका थिए ।



Leave a comment