हाइलाइट

कोटेश्वरका सुयोग्य र कुटुम्ब साकोसद्धारा प्रहरी कार्यालय लाई सहयोग

कोटेश्वरका सुयोग्य र कुटुम्ब साकोसद्धारा प्रहरी कार्यालय लाई सहयोग :: Sahakari Akhabar

काठमाडौं । सेतीओपी मार्ग कोटेश्वरमा रहेको सुयोग्य बचत तथा ऋण सहकारीले प्रहरी कार्यालय कोटेश्वरलाई विभिन्न सामाग्री हस्तान्तरण गरेको छ । यहि भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको  उक्त प्रहरी चौकीलाई संस्थाले विभिन्न सामाग्री हस्तान्तरण गरेको हो ।

संस्थाका अध्यक्ष  टेकबहादुर लिम्बु, उपाध्यक्ष  पम्फा न्यौपाने, संस्थाको प्रमुख सल्लाहकार चित्रा कुमारी सुब्बा थाम्सुहाङ  र प्रमुख कार्यकारी अधिकृत सुमन कार्कीले सयुक्त रुपमा उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । संस्थाको सामाजिक हितकोष अन्तर्गत जेनजी आन्दोलनबाट क्षतिग्रस्त प्रहरी  चौकीलाई  १ लाख १४ हजार बराबरको विभिन्न सामाग्री हस्तान्तरण गरिएको सिईओ कार्कीले जानकारी दिए ।

संस्थाले सामाजिक उतरदायित्व अन्तर्गत स्टील दराज ४ थान, डिभाइडर लाईट २ थान, म्याजिक लाईट ५ थान,ब्याट्री १ प्याकेट, टर्च लाईट २ थान, ह्यन्ड माइक १ थान र युपिएस ३ थान  इनिस्पेक्टर यज्ञराज भट्टलाई हस्तान्तरण गरिएको थियो । समुदाय र सदस्य केन्द्रीत वित्तीय कारोबार गर्दै  आएको उक्त संस्थाले समुदायको हरेको गतिविधिमा सहभागी हुँदै आएको  जनाएको छ ।

सहकारीको सात सिद्धान्त मध्ये एक समुदायप्रति चासो भन्ने रहेको र सोही अनुसार संस्थाले आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको  प्रहरी चौंकीलाई  सहयोग गरेको अध्यक्ष लिम्बुले बताए । त्यसैगरी महादेवस्थान मार्गमा रहेको कुटुम्ब बचत तथा ऋण सहकारी संस्थाले उक्त प्रहरी कार्यालयलाई नगद सहयोग गरेको छ । संस्थाका संचालक कर्मचारी र संस्थाले रकम संकलन गरी एकमुष्ट सहयोग गरेको जनाएको छ । संस्था, संचालक र कर्मचारीले ४० हजार रकम संकलन गरी सहयोग गरेको जनाइएको छ ।



Leave a comment