मैजुबहाल सहकारीमा नयाँ समिति चयन

मैजुबहाल सहकारीमा नयाँ समिति चयन :: Sahakari Akhabar

काठमाडौं । चाबहिल मैजुबहालमा रहेको मैजुबहाल बहुउद्देश्यीय सहकारी संस्थामा नयाँ संचालक समिति चयन भएको छ ।  संस्थाको निर्वाचन सहितको १८ औं बार्षिक साधारण सभाले पुरुषोत्तम ढुङ्गेलको अध्यक्षतामा नयाँ संचालक समिति चयन गरेको हो ।

त्यसैगरी सभाले समितिको उपाध्यक्षमा मोहन अधिकारी, सचिवमा बद्री उपाध्याय भट्टराइ, कोषाध्यक्षमा मधुसुदन तिमिल्सिना चयन गरेको छ । सभाले संचालक सदस्यहरुमा प्रमोदकुमार खनाल, धर्म बिक्रम गुरुङ, बिनोद अर्याल, बिनोद कार्की र सरिता पौडेललाई चयन गरेको छ ।

त्यसैगरी सभाले लेखा समितिको संयोजकमा अञ्जना अधिकारी र सदस्यहरुमा प्रतिमा खनाल तथा पबिता अर्याललाई चयन गरेको छ । सभामा संस्थाका अध्यक्ष घनेन्द्र विमल क्षेत्रीले आर्थिक वर्ष ०८१÷०८२ को बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष माधव ढुङ्गेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाले २१३ जना सदस्यबाट १ करोड १३ लाख ८८ हजार ८ सय रुपैंयाँ सेयर पूँजी तथा ३ करोड ९६ लाख ३ हजार बचत संकलन भएको सभामा जानकारी गराइयो । त्यसैगरी संस्थाले ४ करोड ५४ लाख ४३ हजार ९ सय रुपैंयाँ कर्जा लगानी गरेको जनाइएको छ ।

सभामा संस्थाले संचालन गरेको मैजुशहाल कल्याणकारी कोषबाट सधै झैं यस वर्ष पनि एसइई परिक्षामा उर्तिण सदस्यका छोरा छोरीलाई सम्मान गरेको जनाइएको छ । संस्थाले हालसम्म उक्त कोषबाट सदस्यको औषधोपचार खर्च मृत्यु संस्कार खर्च, प्रोत्साहन र सम्मान पुरस्कार खर्च गरी २ लाख ८७ हजार ९ रुपैंयाँ खर्च भउको सभामा जानकारी दिइएको छ ।

त्यसमा १६ जना सदस्इले उपचार खर्च, २ जना सदस्यको मृत्यु संस्कार खर्च र ५ जना सदस्यको परिवारका सदस्यको मृत्यु हुँदा संस्कार खर्च प्रदान गरिएको अध्यक्ष विमल क्षेत्रीले बताए । उनले उक्त कोषमा ७ लाख २८ हजार ३५१ रुपैंया रहेको जानकारी गराएका थिए ।



Leave a comment