काठमाडौं । ताल्छिखेल ललितपुरमा रहेको आयाम बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गणेशप्रसाद नेपालको सभापतित्वमा भएको सभाको प्रमुख वक्ता ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरी बजगाईं रहेका थिए ।
सभाको उद्घाटन गर्दै अध्यक्ष बजगाईंले जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाहरुको अभिभावकको रुपमा काम गरिराखेको बताए । उनले सहकारी संस्थाहरुलाई परेको समस्यामा सघाउन संघ सधै तयार रहेको भन्दै छाता कार्यक्रम मार्फत् सेवा दिने योजना बनाएको बताए ।
सभामा अध्यक्षको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै नेपालले २०६९ साल भाद्र १७ गते विधिवत दर्ता भई सञ्चालनमा रहेको संस्थाले सहकारी मुल्य, मान्यता र सिद्धान्तमा रहेर सदसस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा सघाउँदै आएको बताए ।
संस्थाले सदस्यहरुको हितलाई पहिलो प्राथमिकतामा राखेर वित्तीय कारोबार गर्दै आएको र ऋण लगानी मार्फत आय आर्जन वृृद्धि गरी जीवनस्तर परिवर्तन ल्याउन संसथा क्रियशिल रहेको उनको भनाई छ । सहकारी मार्फत अभावयुक्त र असमानता समाजको परिकलपना गरिएको र उक्त परिकल्पना पुरा गर्न केहि हदसम्म भए पनि संस्थाले योगदान पुर्याएको उनले बताए ।
सहकारीले सदस्यको हितको लागि काम गर्नु पर्ने र सदस्य केन्द्रीत कारोबारबाट मात्रै संस्था सुरक्षित हुने उनको भनाई छ । संस्थाले विभिन्न १० प्रकारको बचत खाता सञ्चालनमा ल्याएको जानकारी दिँदै अध्यक्ष नेपालले सदस्यहरुले आफ्नो क्षमता अनुसार बचत गर्न आग्रह गरे ।
संस्थाले आर्थिक बर्ष २०८१ / ८२ को असार मसान्तसम्म २ हजार ६ ९३ जना सदस्य, ४ करोड ३३ लाख शेयर पुँजी,२२ करोड ४ लाख बचत संकलन र २१ करोड ४७ लाख ऋण लगानी गरेको छ । संस्थाले सहकारी शिक्षा तथा तालिम,पुरस्कार तथा सम्मान जस्ता सदस्य केन्द्रीत कार्यक्रम गर्दै आएको छ ।
अध्यक्ष नेपालले यस आर्थिक बर्षको प्रस्तावित कार्यक्रमहरुमा प्रस्तुत गरेका थिए भने सभाले प्रस्तावहरुलाई पारित समेत गरेको छ । सभामा कोषाध्यक्ष नविन खकुरालले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको तर्फबाट संयोजक केशव प्रसाद नेपालले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
Leave a comment