हाइलाइट

नेपालपत्र न्युजका सम्पादक खड्कालाई जनमुखी साकोसको सम्मान

नेपालपत्र न्युजका सम्पादक खड्कालाई जनमुखी साकोसको सम्मान :: Sahakari Akhabar

काठमाडौं । दोलखाको मैना पोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले नेपालपत्र न्यूजका सम्पादक माधब खड्कालाई सम्मान गरेको छ । संस्थाको २९ औं स्थापना दिवस तथा २८ औं बार्षिक साधारण सभाको अवसरमा नगद, दोसल्ला सहित र प्रशंसा पत्रले उनलाई सम्मान गरेको हो ।

संस्थाको काठमाडौंमा सम्पन्न एकाई नंं. १ को साधारण सभाको अवसरमा संस्थाका अध्यक्ष माधवप्रसाद दहाल र सभाका प्रमुख अतिथि तथा समाजसेवी डा.चन्द्रप्रसाद दहालले सम्पादक खड्कालाई सम्मान गरेका थिए ।

सम्पादक खड्काले पत्रकारिताको माध्यमबाट जनमुखी सहकारी संस्थाको असल अभ्यासलाई सदस्य र समुदायमा पुर्याउन खोलेको योगदानको कदर गर्दै बार्षिक साधारण सभाको अवसरमा सम्मान गरिएको संस्थाका सचिव लक्ष्मण चौलागाईले बताए ।

सम्पादक खड्का यस अघि पनि सहकारी क्षेत्रको सर्वोच्च निकाय राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून, बागमती प्रदेश सहकारी संघ (बागमती प्रोस्कून) ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लगायत विभिन्न संघ संस्थाबाट सम्मानित भइसकेका छन् । साधारण सभामा सम्पादक खड्का सहित २०८१ सालको एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने छात्र छात्रा, उद्यमी, उत्कृष्ट बचतकर्ता, ऋणी र जेष्ठ सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।



Leave a comment