काठमाडौं । गोकर्णेश्वरको चिनारी बचत तथा ऋण सहकारी संस्थाको निर्वाचन सहितको १७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । असोज ४ गते सम्पन्न सभाले ज्ञानलाल श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति तथा शुभलक्ष्मी श्रेष्ठको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति चयन गरेको छ ।
जेष्ठ शेयर सदस्यहरुले सामुहिक रुपमा उद्घाटन गरेको सभामा अध्यक्ष न्हुछे नारायण श्रेष्ठ मिलनले सभाको सभापतित्व गरेका थिए । सभाले वार्षिक प्रतिवेदन लगायतका सबै प्रतिवेदनहरु उपर छलफल गरी पारित गरेको छ । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा नव निर्वाचित समितिलाई निवर्तमान अध्यक्ष न्हुछे नारायण श्रेष्ठले बधाई र सफल कार्यकालको शुभकामना दिएका थिए । यसैगरी नव निर्वाचित अध्यक्ष ज्ञानलाल श्रेष्ठले प्रतिवद्धता मन्तब्य सहित धन्यवाद ब्यक्त गरेका थिए । कार्यक्रा संस्थाका सञ्चालक रिता श्रेष्ठले संचालन गरेकी थिइन् ।
संस्थाको भदौ मसान्त सम्ममा २ हजार ८३४ जना सदस्य तथा ४४४ जना ऋणी सदस्य रहेका छन् । संस्थाको सेयर पुँजी ३ करोड १३ लाख २३ हजार तथा २९ करोड ८४ लाख २५ हजार बचत रहेको छ । संस्थाले २८ करोड ९६ लाख २२ हजार ऋण लगानीमा रहेको जनाएको छ । त्यस्तै संस्थामा १ करोड ३५ लाख ९८ हजार जगेडा कोष र १ करोड ६९ लाख १९ हजार अन्य कोषमा रहेको जनाइएको छ ।
Leave a comment