हाइलाइट

हाम्रो जनकल्याण साकोसको २८ औं वार्षिक साधारण सभा सम्पन्न

हाम्रो जनकल्याण साकोसको २८ औं वार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । चरिकोट दोलखामा रहेको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले साधारण सभा गैर सदस्यको अनुपस्थिति र ३० मिनेटको मात्र उद्घाटन शत्र गरेर सम्पन्न गरेको जनाएको छ । सभा भने बिहान ११ बजे प्रारम्भ भएर उपरान्ह ४ बजे सप्पन्न भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले जानकारी दिएका छन् ।

एकाइगत रुपमा संचालन गरेको सभा कालीदेवी सेवाकेन्द्र आसपासका सदस्यका लागि भदौ ३१ गते गरेको थियो भनेर बाँकी सबै शेयर सदस्यका लागि असोज ४ गते कालिञ्चोक माध्यमिक विद्यालयमा सम्पन्न गरेको हो । साधारण सभामा उत्कृष्ट सदस्यलगायतलाई पुरस्कृत तथा सम्मान गरिएको छ । संस्थामा ९ हजार ८७३ सदस्य रहेका छन् ।



Leave a comment