हाइलाइट

जिल्ला सहकारी संघ काभ्रेको ५८ औं स्थापना दिवस र ४४ औं वार्षिक साधारण सभा सम्पन्न

जिल्ला सहकारी संघ काभ्रेको ५८ औं स्थापना दिवस र ४४ औं वार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । जिल्ला सहकारी संघ लिमिटेड काभ्रेले ५८ औं स्थापना दिवस तथा ४४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संघले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको साधारण सभा सम्बन्धी निर्देशनको आधारमा रही सभा सम्पन्न गरेको जनाएको छ ।

संघका अध्यक्ष अमन पोटे श्रेष्ठले २०२४ साल भदौ २६ गते सहकारी विभाग काठमाडौंमा दर्ता भएको संघले जिल्ला भरका सहकारीहरुलाई गुणस्तरिय सेवा प्रदान गर्दै सहकारीका समस्यामा सहजिकरणका लागि काम गर्दै आएको बताए ।

उनले  प्रारम्भिक सहकारी र संघ बीचको दुरीलाई कम गरि आपसमा मर्यादित र व्यवस्थित सहकारी विकासको परिकल्पना सहित अभियानलाई मूर्तरुप दिन संघले महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले सहकारी अभियानमा संघको भूमिकालाई पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले पाँचखाल, भकुण्डे र पनौतीमा सेवाकेन्द्र संचालन गरेको समेत जानकारी दिए ।

संघले गत आर्थिक वर्षमा कूल १ अर्ब ४१ करोड ६९ लाख  कारोबार गरेको छ । जसबाट १ करोड १४ लाख ६७ हजार नाफा गरेको जनाइएको छ ।

यस्तै चालु आर्थिक वर्षका लागि १ अर्ब ४६ करोड २१ लाख ७५ हजार १२ रुपैंयाँ कारोबार गरि २ करोड ६ लाख ९८ हजार ८८२ नाफा गर्ने लक्ष्य संघले राखेको छ ।

संघमा हालसम्म काभ्रेका १३ वटै पालिकाबाट ५९४ वटा सहकारी संस्थाहरु आबद्ध रहेको संस्थाका सचिव प्रकाश बञ्जाराले जानकारी दिए। सभामा  यस वर्ष काभ्रे टाइम्समा आबद्ध पत्रकार रमेश न्यौपानेलाई पुरस्कृत गरेको हो ।

उनलाई  विगत २७ वर्षदेखि पत्रकारिता मार्फत सूचना प्रवाह गर्दै योगदान दिएको भन्दै संस्थाले नगद १० हजार र प्रमाणपत्रसहित पुरस्कृत गरेको हो । 



Leave a comment