काठमाडौं । सिन्धुलिको स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारण सभा सिन्धुलीमाढीमा सम्पन्न भएको छ । कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाको प्रमुख आतिथ्यता तथा बागमती प्रस्कूनका सञ्चालक कृष्णहरी कोइरालाको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
स्वर्णिम भविष्य बचत तथा ऋण सहकारीले आफ्नो कारोबार शुभारम्भ गरेको दिन भदौ १३ गते हरेक वर्ष वार्षिक साधारण सभा गर्ने संस्कारको रुपमा विकास गरेको छ । संस्थाको वार्षिक साधारण सभाको अवसरमा तीनजना जेष्ठ नागरिक सहकारी अभियन्ता तथा सञ्चारकर्मीलाई सम्मान गरेको छ ।
त्यसैगरी कार्यक्रममा असल बचतकर्ता असल ऋणी सदस्यलाई पनि सम्मान गरेको थियो । यसैक्रममा संस्थाले सिन्धुलीको सहकारी अभियानलाई उल्लेखनिय योगदान गरेबापत राष्ट्रिय सहकारी महासंघका पूर्व लेखा समिति सदस्य बालकुमारी श्रेष्ठलाई सम्मान गरेको छ ।
संस्था २०६५ चैत ६ गते दर्ता भई २०६६ बैशाख देखि २८ जना सदस्यबाट प्रतिव्यक्ति १ सय रुपैयाँ सेयर संकलन गरि बचत तथा ऋण कारोबार गर्दै आएको हो । हाल सहकारीमा २ हजार ३ सय ८ जना सेयर सदस्यहरु रहेका छन् । त्यसैगरी संस्थामा १ करोड १८ लाख १५ हजार ९०० रुपैंयाँ सेयर पूँजी तथा १ करोड ९७ लाख रुपैयाँ कोषमा र ३० करोड १२ लाख ९५ हजार बचत रहेको जनाइएको छ ।
Leave a comment