हाइलाइट

जनजागरण महिला साकोसको निर्वाचन सहितको १४औं वार्षिक साधारण सभा सम्पन्न

जनजागरण महिला साकोसको निर्वाचन सहितको १४औं वार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका ७ खुर्कोटमा रहेको जनजागरण महिला बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष चन्द्रकला देवकोटाको अध्यक्षता एवं गोलञ्जोर गाउँपालिकाका उपप्रमुख पुकारप्रसाद न्यौपानेको प्रमुख अतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला सहकारी सङ्घ सिन्धुलीका अध्यक्ष नवराज कोइरालाको विशेष आतिथ्यता तथा गोलञ्जोर गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष रेगनराज थापाको आतिथ्यता रहेको थियो ।

जनजागरण महिला साकोस यस वर्षको सिन्धुली जिल्लाको सबैभन्दा पहिला साधारण सभा सम्पन्न गर्ने प्रारम्भिक सहकारी संस्था बनेको छ। ९२४ जना महिला सेयर सदस्य रहेको यस संस्थाको वित्तीय कारोबार ९ करोड २१ लाख २५ हजार २१५ रहेको छ।

संस्थाले सम्पूर्ण खर्च कटाई यस वर्ष १६ लाख ३२ हजार ५२३ रुपैंयाँ मुनाफा गर्न सफल भएको जनाइएको छ । संस्थाले सेयर सदस्यहरूलाई ९.५० प्रतिशतका दरले सेयर लाभांस तथा ऐन अनुसार संरक्षित पूँजी फिर्ता कोषबाट बितरण गर्ने जनाएको छ ।

साधारण सभाको अवसरमा सहकारीको नवनिर्मित भवनको दोस्रो तल्ला गाउँपालिका उपाध्यक्षले उद्घाटन गरेका छन् । सभाले चन्द्रकला देवकोटाको अध्यक्षतामा पुन ९ सदस्य सञ्चालक समिति तथा लेखा समिति चयन गरेको छ ।



Leave a comment