काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) मा रोजगारीको अवसर खुलेको छ । संघले आवश्यक्ता सम्बन्धी सूचना प्रकाशन गरी कार्यक्रम अधिकृत पद माग गरेको हो । संघले आज सूचना प्रकाशन गरी कार्यक्रम अधिकृत छैटौं तह तृतीय श्रेणीमा १ जना कर्मचारीका लागि आवश्यकता माग गरेको छ । इच्छुक उमेदवारले भदौं १८ गतेसम्म आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।
बागमती प्रोस्कून सहकारी ऐन २०७४ को दफा ६ बमोजिम गठन भएको प्रदेश विषयगत सहकारी संघ हो । बागमती प्रदेश भित्रका बचत तथा ऋण सहकारी संघ संस्थाहरुको दिगो विकास र पैरवीको लागि स्थापित यस संघको कार्यालय नियमित रुपमा सूचारु गरी सदस्य संघसंस्थाहरुलाई सेवा प्रवाह गर्नका लागि दक्ष एवं कुशल कर्मचारी खुल्ला प्रतिष्पर्धाबाट समयगत रोजगारी अन्र्तगत करार सेवामा नियुक्ति गर्नु पर्ने भएकोले दरखास्त आव्हान गरिएको संघले जनाएको छ ।
व्यवस्थापन संकाय वा अर्थशास्त्र मूल विषय लिई स्नातक तह उतीर्ण गरी वित्तीय क्षेत्रमा कम्तीमा एक वर्षको अनुभव भएको हुनु पर्ने सूचनामा उल्लेख छ । तालिम तथा गुणस्तर सुनिश्चितता कार्यक्रम सम्बन्धी दख्खल राख्ने एवं प्रशासनिक दक्षता हाँसिल गरेको र दुई पाङ्ग्रे सवारी चालक अनुमती पत्र प्राप्त गरेकोलाई विशेष ग्रयता दिइने जनाइएको छ । साथै आवेदन निशुल्क रहेको र आवेदन संस्थाको इमेल मार्फत पनि पठाउन सकिने जनाइएको छ ।

Leave a comment