हाइलाइट

वर्षकै पहिलो साधारण सभा गर्ने संघ बन्यो सिन्धुली जिल्ला सहकारी संघ

वर्षकै पहिलो साधारण सभा गर्ने संघ बन्यो सिन्धुली जिल्ला सहकारी संघ :: Sahakari Akhabar

काठमाडौं । जिल्ला सहकारी सङ्घ सिन्धुलीले ३२ औं बार्षिक साधारण सभा तथा स्थापना दिवस सम्पन्न गरेको छ । संघका अध्यक्ष नवराज कोइरालाको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य एवं पूर्व बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पूर्व मन्त्री श्रेष्ठले संघ ब्यवस्थित र पारदर्शी हुँदै गएको र समयमै साधारण सभा तथा स्थापना दिवसजस्ता कार्यक्रम सम्पन्न गर्नसकेको भन्दै ७७ वटै जिल्ला संघहरूमध्ये आर्थिक वर्ष ०८१ / ८२ को पहिलो साधारण सभा गर्ने सघ भएको बताए ।

उनले सिन्धुलि जिल्लाका सहकारीमा समस्या नै नभएको भन्दापनि बागमती प्रदेशका अरु जिल्ला भन्दा सिन्धुलिमा धेरै कम मात्र समस्या रहेको बताए । उनले राष्ट्रिय अर्थतन्त्रको तीनवटा मेरुदण्ड नीजि सार्वजनिक र सहकारीमध्ये सहकारी मजबुत मेरुदण्ड भएको बताए ।

सहकारी संघ संस्थाले आर्थिक वर्ष सम्पन्न भएको छ महिना भित्र साधारण सभा गरिसक्नुपर्ने कानुनी प्रावधान छ । संघले भने भदौ ९ गते नै बार्षिक साधारण सभा सम्पन्न गरेको हो । सभामा संघले विभिन्न विधामा ब्यक्ति तथा संस्थालाई पुरस्कार र सम्मान प्रदान गरेको छ ।

कार्यक्रममा वर्षको उत्कृष्ट कर्मचारी स्वर्णिम भविश्य बचत तथा ऋण सहकारीका ब्यवस्थापक मोहन बहादुर श्रेष्ठलाई प्रदान गरेको छ भने, वर्षको उत्कृष्ट सहकारी अभियन्ता सम्मान सिद्धबाबा बचत तथा ऋण सहकारीका निवर्तमान अध्यक्ष गोकर्ण प्रसाद सुवेदीलाई प्रदान गरेको छ ।

यो वर्षको उत्कृष्ट सहकारी संघ संस्थामा सुनकोशी गाउँपालिकामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था रहेको छ भने संघमा नियमित वित्तिय कारोबार गर्ने संस्थाको सम्मान पूर्व प्रहरी कृषि सहकारीलाई प्रदान गरेको छ । त्यसैगरी नियमित असल ऋणी संस्था सम्मान सदाबहार बहुउद्देश्यीय सहकारी तीनपाटनले प्राप्त गरेको छ ।

२०५० साल भदौं ९ गते स्थापना भएको संघले ३२ वर्ष पुरा गरेको छ । जिल्लामा ५२२ सहकारी संघ संस्था रहेपनि संघमा २१९ संघ संस्था आवद्ध भएका छन् । असार मसान्तसम्म १२ लाख ५४ हजार सेयर पूँजी, ६ लाख ३ हजार जगेडा कोष १ करोड ३४ लाख बचत र १ करोड ३ लाख ४१ हजार ऋण लगानी रहेको छ भने १ करोड ५८ लाखको सम्पति तथा दायित्व रहेको छ ।



Leave a comment