हाइलाइट

अन्धकारमुक्ति साकोसको तीनदिने लघु व्यवसाय खेल तालिम 

अन्धकारमुक्ति साकोसको तीनदिने लघु व्यवसाय खेल तालिम  :: Sahakari Akhabar

काठमाडौं । पाल्पाको रामपुरमा रहेको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाले साना व्यवसायीहरुको लागि तीनदिने लघु व्यवसाय खेल तालिम आयोजना गरेको छ । सहकारीमा आवद्ध साना व्यवसायीहरुको लागि वित्तीय व्यवस्थापन, सिप  तथा प्राविधिक सहयोग पु‍र्याउने उद्देश्यले तालिमको आयोजना गरेको हो ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्‌स्कून) को प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको थियो । संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख थापाले आर्थिक समृद्धिका लागि व्यवसाय महत्वपूर्ण रहेको बताए । कुनै पनि व्यवसाय सही व्यवस्थापन गर्नसके मात्र सफलता प्राप्त हुने भन्दै उनले तालिमबाट प्राप्त सिपको सहि सदुपयोग गरी अघि बढ्न समेत आग्रह गरे ।

उनले रामपुर नगरपालिकाले नगरबासीलाई व्यवसाय प्रति आकर्षित गर्न युवा स्वरोजगार कार्यक्रम मार्फत ब्याज अनुदान दिंर्दैै आएको बताए । साना उद्यमीलाई लक्ष्यित गरी नगरपालिकाले दुई वर्षका लागि ३० लाख सम्म ब्याज अनुदान वितरण गर्दै आएको बताए ।

संस्थाका अध्यक्ष देवकोटाले ब्यवसाय सञ्चालन गर्दैआएका  शेयर सदस्यहरुलाई आर्थिक रुपमा सक्षम र सफल बनाउनका लागि आवश्यक सिप प्रदान गर्न तालिम सञ्चालन गरिएको जानकारी दिए ।

कार्यक्रममा नेफ्‌स्कुनका वरिष्ठ अधिकृत भरत न्यौपानेले तालिमको उद्देश्य र सञ्चालन प्रक्रियाको बारेमा जानकारी गराएका थिए । तालिमको सहजिकरण नेफ्‌स्कूनका वरिष्ठ अधिकृत न्यौपाने र प्रशिक्षण अधिकृत उमेश कोइरालाले गरेका थिए ।

तालिममा सहकारीमा आवद्ध ३० जना सदस्यहरुको सहभागिता रहेको व्यवस्थापक दिपेन्द्रप्रसाद पौडेलले जानकारी दिए । संस्थामा ११ हजार ४ सय सदस्य रहेका छन् । त्यसैगरी ३ हजार १ सय ऋणी सदस्यहरुमा १ अर्ब १३ करोड ३४ लाख ऋण लगानीमा रहेको छ ।

संस्थाले प्रकाशित गरेको साउन मसान्तसम्मको वित्तीय विवरण अनुसार शेयर पुँजी  १५ करोड ८८ लाख, बचत संकलन १ अर्ब २५ करोड ५२ लाख, जगेडा कोष १४ करोड २६ लाख, अन्य कोष ४ करोड २० लाख ६१ हजार र कुल संस्थागत पुँजी १५ करोड ४४ लाख रहेको छ । संस्थाको कुल सम्पत्ति १ अर्ब ७३ करोड ६५ लाख पुगेको छ ।



Leave a comment