हाइलाइट

पाँचतारा साकोसको सदस्य सशक्तिकरण तथा तीज कार्यक्रम सम्पन्न

पाँचतारा साकोसको सदस्य सशक्तिकरण तथा तीज कार्यक्रम सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले महिला सदस्य सशक्तिकरण तथा तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । संस्थामा आवद्ध महिला सदस्यहरुका लागि उक्त कार्यक्रम आयोजना गरेको हो । महिला सदस्यहरुलाई तीजको अवसरमा मनोरञ्जन दिनुका साथै उनीहरुलाई सहकारीका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष भोलानाथ पाठकले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै सदस्यहरुलाई खुशी भएर कार्यक्रममा रमाउन आग्रह गरे । जीवनमा सधै खुशी हुने मौका नआउने भन्दै उनले मौका मिल्दा एक अर्कामा खुशी साट्न र रमाएर जिन्दगी बिताउन अभिपे्ररित गरे ।

तीजलाई खाने लगाउने कुरामा मात्र खर्च नगरी सदस्यहरुलाई सशक्तिकरण गर्ने उद्देश्य समेत कार्यक्रमको रहको अध्यक्ष पाठकले बताए । उनले सांस्कृतिक हिसावले शहरी क्षेत्रमा तीजको मौलिकता क्षयिकरण हुँदै गएको भन्र्दै तीजलाई भड्किलो बनाउन नहुने बताए ।

अध्यक्ष पाठकले सदस्यहरुले संस्थाले सञ्चालनमा ल्याएको विभिन्न बचत खातादेखि समय समयमा गरिने कार्यक्रममा सक्रिय सहभागि भएर योगदान गरिराखेको बताए । उद्यम खातालाई निरन्तर अगाडि बढाउने र सदस्यको बचतबाट ५ करोड तथा संस्थाबाट ५ करोड थप गरी कुनै व्यवसाय गर्ने योजना रहेको उनले जानकारी दिए ।

सहकारीले बचत लिने र ऋण लगानी गर्ने मात्र काम गर्यो भन्ने आरोप लागि राखेको बेला संस्थाले भने उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने योजना बनाएको उनले बताए । अध्यक्ष पाठकले संस्थाले अगाडि सारेको योजनालाई सफल बनाउन सदस्यहरुको सहभागिताको लागि आव्हान गरे । राष्ट्रिय सहकारी महासंघले सहकारीमा डिप्लोमा कोर्ष सञ्चालन गरेको जानकारी दिँदै इच्छुक सदस्यहरुलाई अध्ययन गर्न उनले सुझाव दिए ।

महिला सशक्तिकरणको यो पनि एउटा माध्यम भएको उनले बताए । संस्थाकी महिला समिति संयोजक बिन्दा कुँबरको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समिति, सल्लाहकार, कर्मचारी र सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सहकारी भनेको सदस्यको लागि भएको भन्दै व्यवस्थापक राधा कडरियाले उनीहरुलाई लक्षित गरी विभिन्न समयमा यस्ता कार्यक्रमहरु गर्दै आएको बताइन् । तीज विशेष कार्यक्रममा सदस्यहरुले एकल नृत्य समेत प्रस्तुत गरेको उनले जानकारी दिइन् । कार्यक्रमले सदस्यहरुमा खुशी थपेको भन्दै उनले सामुहिक रुपमा तीज कार्यक्रम मनाउँदा फजुल खर्च समेत कम हुने जनाइन् ।



Leave a comment